Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कविता: फेरि एउटा गोर्खे शहीद भएको छ



जब जब सिमानाहरुमा
बमका ज्वारभाटाहरु बिस्फोट हुन्छ ।
बारूदका धुँवाहरूले बादललाई लपेट्दै
जब आकाशका क्यानभस भरी
रगतका मसीहरूले चित्रहरू कोरिदिन्छ ।
वा
कुनै बुढो लाठी भाच्चिएर भुईभरी
छरपष्ट परेको हुन्छ ।
तब,तब म सम्झन्छु
फेरि एउटा गोर्खे शहीद भएको छ ।

जब,जब चौरस्ता र डम्बर चौकमा
अन्धो सरकारले नदेख्ने न्यायका
पोस्टरहरु
ठुला,ठुला हरफहरुमा टाँसिएका हुन्छ ।
वा
आकाश गर्जमान हुने न्यायका जुलूसहरुले
सुती रहेको सरकारको कानलाई
थर्कमान गर्न नसकेका हुन्छ ।
तब,तब म सम्झन्छु
फेरि एउटा गोर्खे चेलीको सिन्दुर पुछिएको छ ।

जब,जब सड़कहरुमा
निर्दोष लाशहरु लम्पसार लड़ीरहेको हुन्छ ।
आफ्नै माटोमा आफ्नै सन्तानका
आलो रगतका
फाल्साहरु नदी बनेर बगी रहेको हुन्छ
वा
फेरि एउटी आमाको कोख बाँझो भएको हुन्छ ।
तब,तब म सम्झन्छु
फेरि एउटा दोषी बुलेटले
निर्दोष गोर्खे छाती चिरेको छ ।

जब,जब चियापत्ती र कुईलेनका
मुहारहरु उदाश हुन्छ ।
हाम्रा पल्लो घरे
मालती दीदीका सिउँदो फीका हुन्छ ।
वा
दिनरात छोराकै सपना देख्ने आमाका प्यासी नयनहरु
अन्धो भएको हुन्छ ।
तब,तब म सम्झन्छु
फेरि एउटा गोर्खे शहीद भएको छ ।।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि