back

कविताः युवालाई आह्वान

वि.सं.२०७६ चैत १ शनिवार

414 

shares
GLOBAL IME AD
NTC AD

तिमी हौ एउटा पलाउँदै गरेको सृष्टिको पालुवा
एउटा फक्रँदै गरेको फूल

टेकेर यही माटो
टेकेर आमाको काख
चढ्नु लक्षित उकालीहरु
चढ्नु सफलताका शिखरहरु

तिमीलाई यही पाखा पखेरामा फुल्ने
बुकी र लालीगुंरासले झक्झक्याउँछन्
यही पहाडका कन्दरामा फुल्ने
लालुपाते र प्याउलीले डोर्होयाउँछन्
भर्छन् सुन्दरताको सुवास र भन्छन्-
हे युवा ! तिमी यही माटोमै फुल्नु
तिमीभित्र माटो फुल्छ
तिमी यही देशमै फुल्नु
तिमीभित्रै देश फुल्छ
तिमी यही धर्तीमा फुल्नु
तिमीभित्रै सिङ्गो धर्ती फुल्छ

खेल्नु तिमी माटोसँगै पलपल
तिमीसँगै खेल्छन् आँकुराहरु
बगाउनु पसिना माटोमै
भिजाउनु माटोको आँत
मेटाउनु प्यास खडेरीमा
मौलाउँछन् तिमीसँगै मुनाहरु

भन्छन् नदीहरु–
नबग्नु सिमापारि बगाएर आमाको आँखा
नटेक्नु सिमापारि भत्काएर मनको डिल
समेट्नु बगेको आमाको सपना
उभ्याउनु भत्केको मनको डिल

चलाउनु माटोमा कुटो र कोदाली
खनिखोस्री सम्याउनु माटो
उठाउनु ड्याङ
र रोप्नु सपनाका बिउबिजन
उमार्नु आशाका आँकुराहरु

हे युवा !
तिमी नै हौ शक्ति यो देशको
फुलाउनु तोरी र काउनो
फलाउनु माटोभरी सपना
भर्नु अभिलाषाको रित्तो भकारी ।

वि.सं.२०७६ चैत १ शनिवार ०९:४६ मा प्रकाशित

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ नजरले पिएको छु प्यासी नभन्नू...

गजल

गजल

पद्मा रिजाल, नेपालगंज तिमीमै समर्पित छु दासी नभन्नू छ चोखो...

गजल

गजल

चन्द्रावती अधिकारी कोहलपुर, बाँके प्राण भर्ने ओखतीझैँ जिन्दगी होस् शान्त...

चारु

चारु

दिपक पनेरु,सागरनाथ, सर्लाही तिमीले आगो पानीमा किन लगाएर गयौ सुन्दरताको...

लघुकथा : शिक्षक र विद्यार्थी

लघुकथा : शिक्षक र विद्यार्थी

भूपाल अधिकारी,विराटनगर होयर‌‌‌‌ वाज बुद्ध बर्न ? अर्थात ‘बुद्ध कहाँ...

सुसेली : मुक्तिनाथ यात्रा

सुसेली : मुक्तिनाथ यात्रा

भवानी घिमिरे, सर्लाही १। प्रीति गाँसेर प्रकृति छिन् साथमा बस्छिन्...