back

नेपाली  महिला बिश्व संजाल क्यालिफोर्नियाको अध्यक्षमा सुस्मिता सिजापती

वि.सं.२०७३ पुस २ शनिवार

942 

shares

nepaliwomenca-gif2

बिजय थापा ,वाशिंगटन डीसी । नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भयो। महिला एकसाथ अगाडी बढ़ौ भन्ने संदेशका साथ संपन्न सम्मलेन मार्फ़त सुस्मिता सिजापतिको अध्यक्षतामा नया समिति गठन भएको छ l

संस्थाकी सभापति  गीता श्रेष्ठको अध्यक्षता एवम गैर आवासीय संघ अमेरिकाकी महिला संयोजक राधा पौडेल मुख्य आतिथ्यमा एनडब्लूजीएन क्यालिफोर्निया शाखाको तेश्रो सम्मलेन संपन्न भएको हो l

२०१६ – २०१८ को नयाँ कार्यसमितिको अध्यक्षमा सुस्मिता सिजापती ,वरिष्ठ उपाध्यक्ष गीता डंगोल, उपाध्यक्ष बिष्णु सुबेदी, महासचिब सुनीता थापा, सचिब अनिता सिंगदेल तथा कोषाध्यक्षमा लक्ष्मि खरेललाई चयन गरेको छ ।

nepaliwomenca-gif1

त्यस्तै सदस्यहरुमा बिंदु सापकोटा, शीला थापा, प्रिश्किला दाहाल, तारा चालीसे, सुनीता सापकोटा, सहाना श्रेष्ठ, मीना कार्की, सुष्मा राउत, संगीता पोखरेल, प्रमिला थापा र सबिता भट्टाराई, सल्हाकारमा कमला प्याकुरेल, रीता देवी प्रधान, लक्ष्मि चौधरी र हेमा पनेरु चयन भएका छन । संस्थाको संरक्षकको रुपमा संस्थापक बिष्णु गुरुङ्ग “एकता” र निबर्तमान अध्यक्ष गीता श्रेष्ठ रहेका छन ।

नयाँ नेतृत्व चयनको उपलक्ष्यमा उक्त सम्मेलनमा पहिलो चरणको कार्यक्रम अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा महिला वक्तृत्वकला प्रतियोगिता भएको थियो भने उक्त प्रतियोगितामा प्रथम स्थान प्रमिला थापा, दोस्रो स्थान संध्या धिताल र तेस्रो स्थान सुस्मिता सिजापतीले प्राप्त गरेका थिए ।

nepaliwomenca

त्यस्तै, नयाँ कार्यसमितिको पदस्थापना, हस्तान्तरण तथा सम्मान पदक उत्सब रहेको थियो । संस्थाले २०१६ नारी दिवसको उद्देश्य अनुसार नेपालको किशोरी छात्राबृतिको लागि १ हजार ५ सय डलर पठाएको तथा नेपालको भूकंप पीड़ितहरुलाई $ २ हजार ५ सय सहयोग गरेको आर्थिक बिबरण संस्थाकी कोषाध्यक्ष लक्ष्मि खरेलले प्रस्तुत गरेकी थिईन।

उक्त कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त सम्मलेनको दोस्रो चरणको कार्यक्रम नव नियुक्त अध्यक्ष सुस्मिता सिजापतिको अध्यक्षतामा प्रतिभा प्रदर्शन, बधाई ज्ञापन र अन्तमा मन्तब्य ब्यक्त पछि कार्यक्रम समाप्त भएको थियो ।

 

वि.सं.२०७३ पुस २ शनिवार ०३:४२ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...