
११ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को पछिल्लो प्रभाव विश्वभर बढ्न थालेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटालीलाई थला नै पारेको र विश्वका १९५ देश पुगिसकेको छ ।
सन् २०२० मार्च २४ बिहान ६.५० सम्म प्राप्त समाचार अनुसार संसारमा ३,७८, ७५१ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या १६,५०२ पुगेको छ । निको भएकाहरुको संख्या ९७,६३५ छ भने सिरियस बिरामीको संख्या १०१,६०८ रहेको छ ।
अमेरिकामा मात्रै १०,१५५ नयाँ प्रभावित थपिएर प्रभावितको संख्या ४३,७२१ पुगेको छ भने २३ मार्च सम्म ५५२ को मृत्यु रहेकोमा २४ मार्चमा १३९ को थप मृत्यु भएको छ । इटालीमा भने हिजोको तुलनामा आज पनि थपिने मृतकको संख्या कम रहेको छ । आज इटालीमा थप ६०१ को मृत्यु भएको छ ।
वल्र्डोमीटरका अनुसार चीनमा प्रभावितको संख्या ८१०९३ मध्ये मृत्युको संख्या ३२७० पुगेको छ । इटालीमा ६३,९२७ मा ६०१ प्रभावित थपिएका छन् भन् ६,०७७ को मृत्यु संख्यामा ६५१ थपिएका छन् ।
प्रभावका हिसाबले चीन, इटाली, अमेरिका, स्पेन र जर्मनी क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, चीन दोस्रो र स्पेन तेस्रो क्षति, व्यहोर्ने देशमा छन् ।
यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :
China | 81,093 | 3,270 | 72,703 | 5,120 | 1,749 | 56 | ||
Italy | 63,927 | +4,789 | 6,077 | +601 | 7,432 | 50,418 | 3,204 | 1,057 |
USA | 43,721 | +10,155 | 552 | +139 | 295 | 42,874 | 1,040 | 132 |
Spain | 35,136 | +6,368 | 2,311 | +539 | 3,355 | 29,470 | 2,355 | 751 |
Germany | 29,056 | +4,183 | 123 | +29 | 453 | 28,480 | 23 | 347 |
Iran | 23,049 | +1,411 | 1,812 | +127 | 8,376 | 12,861 | 274 | |
France | 19,856 | +3,838 | 860 | +186 | 2,200 | 16,796 | 2,082 | 304 |
S. Korea | 8,961 | +64 | 111 | +7 | 3,166 | 5,684 | 59 | 175 |
वि.सं.२०७६ चैत ११ मंगलवार ०७:१० मा प्रकाशित