
१३ चैत, काठमाण्डौं । संयुक्त राष्ट्र संघले कोरोना महामारीको विपत्तिसँग जुध्नका सहयोगको अपिल गरेको छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटरेसले एक अपिल मार्फत् २ विलियन डलर सहायता कोष बनाउने प्रस्ताव गरेका छन् ।
कमजोर तथा गरिव राष्ट्रहरुको हितका लागि खर्चहुने गरी उनले यो अपिल गरेको जनाइएको छ । कोरोनासँग लड्न अमेरिका एक्लैले २ ट्रिलियन डलर पास गरेका बेला गरिव राष्ट्रका लागि भन्दै रष्ट्र संघले यस्तो अनुरोध गरेको हो ।
४ लाख ७२ हजार भन्दा बढी प्रभावित र २१ हजार बढिको ज्यानै लगेको कोरोना भाइरसले साना तथा कमजोर मुलुकको अर्थतन्त्र समेत ध्वस्त बनाएको छ ।
वि.सं.२०७६ चैत १३ बिहीवार १३:४१ मा प्रकाशित