back

तपाई पर्वतवासी हुनुहुन्छ, शंकास्पद् लक्षण देखिए फोन गर्नुस् यी नम्बरमा

वि.सं.२०७६ चैत १३ बिहीवार

507 

shares
GLOBAL IME AD
NTC AD

१३ चैत्र । जिल्ला प्रशासन कार्यालय (जिप्रका)पर्वतले कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखा परे वा शंकास्पद लक्षण देखिएमा स्वास्थय सल्लाह लिनका लागि हेल्लो डाक्टर सेवामा सम्पर्क गर्न आग्रह गरेको छ ।

जिप्रका पर्वतले यदि कोही व्यक्तिमा शंकास्पद लक्षण देखिए हेल्लो डाक्टरका मुख्य फोकल पर्सन डा. विष्णु भण्डारी(९८४६७०७४००) लाई र चौबीस घण्टा ड्युटीमा खटिने डाक्टरहरुलाई सम्पर्क गर्न भनिएको छ ।

जिप्रकाद्वारा प्रषित सूचनामा स्थानीय तहका स्वास्थ्य संयोजकहरुको सम्पर्क नम्बरसहित नाम उल्लेख छ ।

कोरोना भाइरसको संभावित संक्रमण न्युनिकरणका लागि व्यक्ति आफै सचेत रहन जरुरी रहेको भन्दै घरभित्रै बस्न, अत्यावश्यक सामग्री खरिद गर्न बाहेक अरु अवस्थामा हिडडुल नगर्न, स्वास्थ्य अवस्थाबारे सचेत रहन र सरसफाईमा ध्यान दिन अनुरोध गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न जिप्रका पर्वतले चैत्र ११ गते बिहान ६ बजेदेखि लकडाउन गरेको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार १९:२२ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...