back

हङकङमा पनि एक नेपालीमा कोरोनाको पुष्टि

वि.सं.२०७६ चैत १४ शुक्रवार

387 

shares
GLOBAL IME AD
NTC AD

हङकङमा पहिलो पटक एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

नेपालमा पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका ती युवाको मंगलबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

आफ्ना सहकर्मीलाई कोरोना भाइरस संक्रमण भएपछि उनको समेत परिक्षण गरिएको थियो। परिक्षण रिपोर्ट पोजेटिभ आएपछि गुरुङलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको हो।

१० वर्षदेखि हङकङ बस्दै आएका ती युवा चार वर्षयता लान क्वाई फोङको बारमा काम गर्दै आएको थाहा भएको छ । उनको हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

गुरुङ आफ्ना बाबा, भाइबुहारीसँग हङकङमा नेपालीको एउटा मुख्य बसोबास स्थल युनलोङमा बस्दै आएका बुझिएको छ।

गैरआवासीय नेपाली संघ, हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) ले पनि एक नेपाली युवामा कोरोना संक्रमण भएको पुष्टि गरिन् ।

उनले हङकङमा बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिन् ।

वि.सं.२०७६ चैत १४ शुक्रवार ११:२७ मा प्रकाशित

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...