back

दैलेखमा भारतबाट आएका ९०० जनामध्ये १६ जनामात्रै क्वारेन्टिनमा

वि.सं.२०७६ चैत १६ आइतवार

330 

shares
GLOBAL IME AD
NTC AD

१६ चैत, दैलेख । विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ । पछिल्लो जानकारीअनुसार भारतबाट दैलेख आउनेको सङख्या ९०४ पुगेको छ ।

जिल्लाको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिकामा ४५० नागरिक भारतबाट आएको बताए । सङ्ख्या अझै बढ्नसक्ने उनको भनाइ छ । ज्वरोका बिरामीको सङ्ख्या बढेसँगै सर्तकता पनि बढाइएको उपाध्यायले जानकारी दिए । पालिकाका सबै वडामा कीटनाशक औषधि छर्कने, वडा अध्यक्षहरुमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, मास्क लगाउने, घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीव्र पारिएको उनले बताए ।

नारायण नगरपालिकामा १३०, डुगेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिकामा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँस गाउँपालिकामा २७, ठाँटीकाँधमा १५६, महावुमा नौ जना भारतबाट फर्किएका छन् । अन्य पालिकाको विवरण अझै आउन बाँकी छ । दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन् ।

भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । जिल्लाको आठवीस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ । परिवारका दुईलाई निरन्तर ज्वरो आएपछि आइसोलेसनमा राखिएको र परिवारका बाँकी १४ लाई क्वारेन्टाइनमा राखिएको हो । दुई जनाको कोरोना जाँचका लागि नमूना पठाइएको छ ।

अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने निर्देशन जिप्रकाले दिएको भए पनि चुनौती बढ्न सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा १३८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार ३३ वटा आइसोलेसन शय्या र तीन वटा हाइकेयर युनिट तयार भएकोे छ । रासस

वि.सं.२०७६ चैत १६ आइतवार १२:२० मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...