१६ चैत, न्युजिल्याण्ड । न्युजिल्याण्डमा कोरोना भाइरसका कारण पहिलोपटक १ को मृत्यु भएको बताइएको छ ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार इन्फ्लुएन्जा भनेर अस्पतालमा भर्ना गरिएका ७१ वर्षीया महिलालाई कोरोना पुष्टि भएको थियो । उनको गएराति निधन भएपछि कोरोनाको कारण उनी न्युजिल्याण्डकै पहिलो हुन् ।
‘घरमा बस्, गेट लगाउ र जीवन जोगाउँ’ भन्दै अपिल गरिएको न्युजिल्याण्डमा गएको २४ घण्टामा ६० प्रभावित थपिएर प्रभावितको संख्या ४७६ पुगेको छ ।
वि.सं.२०७६ चैत १६ आइतवार १२:३३ मा प्रकाशित