back

संविधानविद् ज्ञवाली भन्छन् –तत्काल अध्यादेश जारी गर

वि.सं.२०७६ चैत १८ मंगलवार

417 

shares
GLOBAL IME AD
NTC AD

१८ चैत्र, काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्रकान्त ज्ञवालीले नागरिकको जीवन रक्षा र सम्मानपूर्वक बाँच्न पाउने गरी अध्यादेश जारी गर्न आग्रह गरेका छन् ।

तत्काल कोरोना संक्रमण हुनबाट नेपाली जनताको जीवन रक्षा र सम्मानपूर्वक बाँच्न पाउने व्यवस्था गर्न तिनै तहका सरकारहरुको अन्तरसम्वन्ध र समन्वय पारदर्शि र जवाफदेहि हुने गरि अबिलम्ब अध्यादेश जारी गर्न उनले सरकारलाई आग्रह गरेका हुन् ।

अहिलेको बिषम परिस्थितिमा संघीय संसद चल्न सक्ने अवस्था नरहेको र संसदमा छलफलमा रहेको विपद् व्यवस्थापन ऐन बन्न सक्ने सम्भावना नहुँदा अध्यादेश जारी गर्न उपयुक्र्त हुने सुझाव उनले दिएका हुन् ।

उनी भन्छन् :
‘जीवन रक्षा र सम्मानपुर्वक बाँच्न पाउने गरी अध्यादेश जारी गर सरकार ।”

अहिलेको बिषम परिस्थितिमा संघिय संसद चल्न सक्ने अवस्था छैन । त्यसैले सँसदमा छलफलमा रहेको बिपद ब्यवस्थापन ऐन बन्न सक्ने सम्भावना देखिदैन ।

लकडाउन लागू गरेकोमा र अरु थप गर्नु परेमा पनि जनताले सरकारलाई साथ दिइरहनेछन् । यसको लागि सरकारलाई जनताको तर्फवाट धन्यवाद छ ।

तर जनताको जीवन रक्षा र सम्मानपुर्वक बाँच्न पाउने नैसर्गिक अधिकार लकडाउन गरी शान्ति सुरक्षा गरेर मात्र पुग्दैन । जनताको चुल्होमा आगो वल्न ग्याँस, दाउरा वा ईन्डक्सन चुल्हो स्थानीय तहको सरकारहरुका प्रत्येक वडाहरुको कुन ठाँउमा, कति बजे पाईन्छ ?
ज्वरो आउँदा सिटामोल, मास्क र स्यानिटाईजर कुन औषधी पसलमा पाईन्छ ? हात धुन चाहिने पानि र सावुन वडाको कुन ठाउँवाट वितरण हुन्छ ?

दिन दैनिकी चाहिने खाद्य सामग्रीहरु सुपथ मुल्यमा वडाको कुन पसलमा स्थानीइय सरकार र प्रादेशिक सरकारले व्यवस्था गरेका छन् ?
राहतको प्याकेज के कसरी र कहिले वितरण हुन्छ ?

यसको जवाफ सायद कुनै पनि सरकारसँग छैन । त्यसैले संघीय सरकारले नेपालको संविधानको अनुसूची ९ र धारा ५९(२)  बमोजिम निती बनाउ, प्रादेशिक सरकारहरुले ब्यवस्थापन गर, स्थानीय सरकारहरुले न्यायिक वितरणद्धारा कार्यान्वयन गर्ने गरी संविधानको धारा ११४ बमोजिम तत्काल कोरोना संक्रमण हुनबाट नेपाली जनताको जीवन रक्षा र सम्मानपूर्वक बाँच्न पाउने व्यवस्था गर्न तिनै तहका सरकारहरुको अन्तरसम्वन्ध र समन्वय पारदर्शि र जवाफदेहि हुने गरि अबिलम्ब अध्यादेश जारी गर सरकार ।’

वि.सं.२०७६ चैत १८ मंगलवार १०:१० मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले...

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...