back

कोरोना कहर : लण्डनबाट शेखर वाग्ले भन्छन्, ‘अब चाइ ठिक हुन्छ कि !’

वि.सं.२०७६ चैत १९ बुधवार

453 

shares
GLOBAL IME AD
NTC AD

मंगलबार १७/०३/२०२० बेलुकाबाट १०२ ज्वरो आयो । टाउको फुट्ला जस्तो दुखेर आयो । पुरै शरीर यस्तो दुख्यो, त्यस्तो दुखाइ आजसम्म थाहा थिएन । २ वटा सिटामोल लिएँ । केही राहत मिल्यो । केही समयका लागि सुतेँ । शायद प्यारासिटामोलले काम गर्न छोड्यो । त्यसपछी शरीर काँम्न थाल्यो । ४ घण्टा पछी पुन २ वटा प्यारासिटामोल लिएँ । केही समय फेरी सुतेछु तर शरीर पसिनाले पुरै भिजेछ ।

बुधवार १८/०३/२०२० करीब २ घण्टा लगाएर NHS 111 फोन गरेँ । अपरेटरले फोन उठाईन । सबै लक्षण सोधिन र भनिन् ‘कृपया पर्ख म प्रोफेस्नल टिमलाई तिम्रो फोन सम्पर्क गराई दिन्छु’ । करीब आधा घण्टापछी उनले भनिन् टिमसँग सम्पर्क हुन सकेन तिमीले पुन कोशीस गर्नुपर्ने भो । मैले ६/६ घण्टामा सिटामोल लिने काम गरी राखेकै थिएँ । नत्र शरीर काम्न थालिहाल्ने र ज्वरो १०२–३ पुगी हाल्थ्यो । पुन NHS 111 लाई फोन गर्न करीब १ घण्टा लाईनमा कुरेँ फोन आँफै सम्पर्कविच्छेद भयो । बेलुका तिर पुन NHS 111 मा फोन गरेँ । फोन आधा घण्टा भित्र नै लाग्यो । NHS का स्टाफले सबै लक्षण सोधे । घरमा नै अलगै बस्न ४–६ घण्टा मा २–२ वटाका दरले सिटामोल लिइ रहन, अधिकक्तम झोल पदार्थ खाने सल्लाह दिए । त्यहि अनुसार नै गरियो ।

श्रीमति मुन्ना भने ३ दिन अगाडि नै ढले कि थिइन् । उनको र मेरो लक्षणमा भने केही फरक थियो । मेरो त्यती धेरै सुक्खा खोकी थिएन जती धेरै मुन्नालाई थियो । मुन्नालाई भने सुरुका केही दिन ज्वरो आयो । तरपछी उनिलाई ज्वरो आएन । उनलाई पनि शरीर धेरै नै दुख्थ्यो । यस्तो अवस्था आयो कि तातो पानी उमालेर दिने मान्छे पनि भएन । बेलाबखत छोराले चिया तातो पानी दिने गर्थे । तर उसलाई पनि शरीर दुखाइ थियो । छोरीलाई पनि टाउको दुखेर सुतेकी थिइन् । मुन्नाले लत्रिँदै वर्दै खाना बनाउने काम गरिन् । म सुतेको सुतेको नै भएँ । मेरो ज्वरो घट्ने नाम नै थिएन । सिटामोल ४–६ घण्टामा लिइ राखेकै थिएँ । मुन्नाको खोकी रोकिन कुनै लक्षण देखिएको थिएन । धेरै खोकीले गर्दा उनको छाती पनि धेरै दुखेको थियो ।

शुक्रबार २०/०३/२०२० मा पुन NHS 111  दुई घण्टा लगाएर फोन गरेँ NHS सँग मैले मलाई Covid-19 को टेस्ट गराउन अनुरोध गरे । तर उनले मेरो लक्षण सोधिन् र पुरानै सल्लाह दिइन् । मैले मलाई सास फेर्न गाह्रो छ भने । त्यति भन्दा उनले खोकी पनि छ भनेर सोधिन । मैले छ भने । उनले फोन मै ज्वरो नाप्न भनिन् । मैले तुरुन्त ज्वरो नापेँ । ज्वरो १०२ देखियो । त्यसपछी उनले मलाई सोधिन के तिमीलाई Ambulance  चाहिन्छ जस्तो लाग्छ ? मैले भने मलाई चाहिन्छ किनकी म सुगर र ब्लड प्रेसरको बिरामी हुँ । आधा घण्टापछी एम्बुलेन्स आयो । मेरो सुगर लेवेल हेरँ अक्स्क्सिजन लेबल हेरे । ब्लड प्रेसर चेक गरे ज्वरो चेक गरे ज्वरो १०२ देखियो । छाती चेक गरेँ छाती चेक गर्दा Look like Corona Symptomभने । हामी तिमीलाई हस्पिटल चाहिँ लाँदैनौं । NHS कै Instruction follow गर्न भनेर उनिहरु गए ।

घरमा उपलब्ध विभिन्न जडिबुटी (हल्दी, ज्वानो, सुठो, जेठिमधू, कागती, कपूर, फिट्किरी आदी) को तातोपानी बनाउँदै पिउँदै गरिएकै थियो । अन्य गेडागुडि तथा कुरिलोको झोल आदी बनाएर खाने काम गारियो । त्यो अबधीमा मासु खाने काम गरिएन । झोल पदार्थ ३–४ लिटर चै खाईयो होला ।

आज मुन्नाको १८ दिन भएछ, अहिले उनलाई धेरै ठिक छ तर पनि उनको खोकी पूर्ण ठिक्क भएको छैन । टाउको दुखिराखेकै छ्र । शरीर शिथिल छ । आशा गरौँ समय लाग्छ होला पूर्ण रुपमा स्वस्थ हुनलाई । मेरो १४ दिन भयो ३ दिन अगाडि देखी ज्वरो आउन छोडेको छ । mild cough मात्र छ । शरीर थकित छ । शरीर दुखि राखेको छ । समय त लाग्छ होला सबै स्वस्थ हुनलाई ।

यस्तो खालको अवस्था अहिले धेरैको घरमा परेको होला । आफ्ना आफ्ना अनुभबहरु सेयर गरम, जसले अरुलाई पनि यस्तो अवस्था परिहाले ब्यवस्था गर्न सजिलो होस् । हस्पिटलले तपाईंलाई धेरै नै सिरियस भएँ (सास फेर्न गाह्रो) मात्र हेर्छ । त्यसैले यस्तो अवस्था आएमा तपाईको आफ्नो व्यवस्थापन नै महत्वपूर्ण हुन्छ । अहिलेको अवस्थामा बेलायती सरकारको निर्देशन अनुसार चलौँ । आत्मबल कमजोर नबनाउँ । कसैलाई रुखाखोकी र ज्वरो छ भने अरुको घरमा नजाउँ तथा सामाजिक कार्यमा (विवाह आदि) सरीक नभैदिउँ । हालसम्म पनि हामी Isolation मै छौ ।

यो अबधीमा मैले महाभारत, भागवत गीता हेरेँ । हिन्दी र नेपाली गीत सुनेँ । नेपाली आइड हेरेँ । हिन्दी गजल सुने । आदी, आदि यसैगरी दिन काट्ने काम गरियो ।

सोहन जि र मनोज (सालो) ले घरमा आवश्यक पर्ने औषधी तथा घारयसी समान किनेर ढोकामा राखि दिनुहुन्थ्यो । ढोका खोलेर लिने काम गरिन्थ्यो । आफन्त, साथी भाइहरुले बिहान बेलुकै फोन गरेर स्वास्थ अवस्था सोध्नु भयो । हिक्मतका साथ काम लिन सल्लाह दिनुभयो । उहाँहरु सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ।
लण्डन
३१/०३/२०२०

(सकरात्मक समाचार सम्प्रेषणका लागि)

वि.सं.२०७६ चैत १९ बुधवार ०९:५८ मा प्रकाशित

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...