
२१ चैत्र । नेपाली काँग्रेस समर्थित प्रवासी संगठन नेपाली जनसम्पर्क समिति भारतले दिल्लीस्थित नेपाली दूतावासले सहयोगीको सूचि समावेश गर्दा विभेद गरेको भन्दै आपत्ति जनाएको छ ।
दूतावासले हेल्प डेस्कमार्फत लकडाउनका कारण समस्यामा परेका नेपालीहरूको सहयोग निम्ति आधिकारिक सहयोगीको सूचीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित केही व्यक्तिहरूलाई मात्र समावेस गरेको भन्दै आपत्ती जनाएको हो।
नेजस भारतका अध्यक्ष एवम् नेपाली काँग्रेसका आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेले यस सन्दर्भमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल सरकारका प्रधानमन्त्रीलाई एक पत्र लेख्दै उनले तीन सुत्रिय माग प्रस्तुत गरेका छन् । उनले पत्रमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार र भारत सरकारले गरेको निर्णयको स्वागत गर्दै यस काममा नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको समेत उल्लेख गरेका छन् ।
यस महामारीको अवस्थामा नेपाली जनसम्पर्क समिति भारत तपसिल बमोजिम माग राख्दछौँ भन्दै पत्रमा भनिएको छ :
1- भारतमा रहेका हजारौँको संख्यामा नेपाली बेरोजगारी, बिमारी, बाटोमा अलपत्र छन्, यस आपदमा नेपाली दूतावास नयाँ दिल्लीले मात्र सिमित साधन, स्रोत तथा अधिकारीहरुबाट समस्याको समाधान गर्न सक्दैन। सबैले मिलेर गर्नुपर्दछ। हामी सबैको दायित्व पनि हो, भन्ठानेर काम गर्दै आएका पनि छौँ, तर दूतावासले हेल्प डेक्स मार्फत नेकपा समर्थक साथिहरुलाई मात्र अधिकारिक सहयोगीको सूची भनि वितरण गरिनु महामारी जस्तो दुखद् अवस्थामा नेपाल र नेपालीलाई सेवा गर्नुपर्ने अवस्थामा सत्तारुढ दलको सचिवालयको हिसाबले हेल्प डेक्समार्फत गरिएको कार्यको हामीलाई घोर आपत्ति छ र सबै नेपाली र नेपालको लागि सहयोगी पवित्र भावनाले काम गरियोस, साथै नेपालीहरुका समस्या समाधान गर्ने यथाशीघ्र पहल गरियोस भन्ने जोडदार माग गर्दछौँ। ’
2- नेपाल र भारत सरकारको निर्णय दुताबासको सुझाब अनुसारा भारतभरि बेरोजगारी मजदुर असहाय बिमारी सबैलाई लकडाउन हुँदासम्म रोकिनुस खान, औसधि नभए नेपाली दूताबास र हामी मिलेर गर्दछौ भनि ठुलो संख्याका नेपालीहरुलाई हामी सक्दो सहयोग गर्दै रोकेका छौँ लकडाउन पछिको यति ठुलो संख्याको नेपालीहरुलाई कसरी सुबिधा दिने र नेपाल सरकारको नियमपालन गरि कसरी नेपाल पुयाउने यस बिषयमा पनि योजना बनाउदै उनीहरुका समस्या समाधान गर्ने यथासिघ्र पहल गरियोस भन्ने जोडदार माग गर्दछौँ ।
3- नेपाल सरकारको लक डाउनका कारण भारतका विभिन्न ठाउमा अलपत्र परि बिचमा फरेका नेपालीहरुलाई सुरक्षित नेपाल सरकारको नियम अनुसार नेपालसम्म पुयाउन यथासिघ्र पहल गरियोस भन्ने जोडदार माग गर्दछौँ ।
जय नेपाल ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १८:१२ मा प्रकाशित