back

‘बिना कसुरको बन्दी म’

वि.सं.२०७६ चैत २१ शुक्रवार

519 

shares
GLOBAL IME AD
NTC AD

आज म पिँजराको सुगा भएको छु ।
ओएलाएको फूलको थुँगा भएको छु ।।

खोरभित्र थुनिएको बाख्रा र भेडा भएको छु ।
रस चुसेर फालेको लप्सीको गेडा भएको छु ।।

खोरभित्र थुनिएको सुँगुर भएको छु ।
काम नलाग्ने फोहरको डुंगुर भएको छु ।।

दाम्लोमा बाँधएको भैंसी, गोरू र गाइ भएको छु।
दुस्खको बेलामा सहयोग नगर्ने निष्ठुरी दाइ भएको छु ।।

खोरभित्र थुनिएको बाघ भएको छु ।
ओइलाएको साग भएको छु ।।

आफ्नै रफ्तारको समुन्द्रको छाल भएको छु ।
जुवाडेको जुवाखेल्ने जुवाको खाल भएको छु ।।

प्रयोग गरेर फ्याकिएको काम नलाग्ने माल भएको छु ।
काम नगरी बसी खाने नकचरो काल भएको छु ।।

कौरव र पाण्डवको जुवामा थापिएको चाँखे भएको छु ।
केही नजान्ने पटमुर्खजस्तो पाखे भएको छु ।।

परिस्थिति र समयको पाउबन्दीमा जकडिएको म ।
बिना कसुरको क्वारेन्टाइनमा बनाइएको बन्दी म ।।

आँखा नदेख्ने बेसहराको सारथि टेक्ने दण्डी म ।
बिना कसुरको जेलभित्र न्याय नपाएको बन्दी म ।।

घरभित्रै बन्दी बनाइएको बिना कसुरको बन्दी म ।।।

 

वि.सं.२०७६ चैत २१ शुक्रवार १८:३५ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण, ललितपुर छ्यौ दुरुस्तै अहो परीजस्तै छैन कोही यहाँ...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिमी सागर म किनार बनूँला...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं मौका छोपेर चौका हान्नेको के...

गजल

गजल

सुमन शर्मा, टेक्सास अमेरिका तिमी आयौ बुझायौ कुरा एकाबिहानै भएँ...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

कविता : त्यो प्रेम नै हो

कविता : त्यो प्रेम नै हो

नीता गुरुङ, असम भारत जहाँ प्रेम हुन्छ त्यहाँ नै सुन्दर...