
२१ चैत्र । यतिबेला विश्वमा फैलिरहेको कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित चिकित्सा क्षेत्रमा काम गर्नेहरु देखिन्छन् । केहि दिनअघि इटालीमै एक नर्स महिलाले आफूलाई कोरोना लागेको पुष्टि भएपछि अरुलाई पनि सर्ने डरले आत्महत्या गरेकी थिइन् ।
इटलीमै एक नर्स प्रेमीले आफूलाई कोरोना सारिदिएको भन्दै चिकित्सक रहेकी प्रेमिकाको हत्या गरेका छन् । २८ वर्षीय प्रेमी एन्टोनियो डी पेसले प्रहरीसामु आफूले आफ्नी २७ वर्षिया प्रेमी डाक्टर लोरेना क्वारन्टाको हत्या बयान दिएका छन् । अनुसन्धानका क्रममा उनले प्रहरीलाई भने ‘मैले उनलाई मारेँ, किनभने उनले मलाई कोरोनाभाइरस सारी दिएकी थिइन ।’
उनीहरु दुवै सिसिल्लीस्थित एउटै अस्पतालमा काम गर्थे । डाक्टर लोरेना क्वारन्टा उनकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । लोरेनाका सहकर्मीहरूका अनुसार एन्टोनियोले पनि आफ्नो हातको नाडी काटेर आत्महत्याको प्रयास गरेको बताएका थिए । उनलाई तुरुन्तै अस्पताल पु¥याइएको थियो ।
एन्टोनियाले भने जस्तो उनीहरु दुवैमा कोरोना संक्रमण देखिएको छैन । चिकित्सकहरुले गरेको पहिलो परिक्षणमा दुवैलाई कोरोना संक्रमण नदेखिएको त्यहाँको स्थानीय संचारमाध्यमले समाचार छापेका छन् । डे पेसलाई हाल अस्पतालमै हिरासतमा राखिएको छ ।
लोरेना आफ्नो कामप्रति इमान्दार रहेको देखिन्छ । उनले आफ्नो मृत्युको दिनसम्म फेसबुकमा नर्स र डाक्टरहरूले सामना गर्नुपरेको चुनौतीहरूको बारेमा टिप्पणी गरिरहेकी थिइन् । उनले लेखिकी थिइन ‘अब पहिले भन्दा पनि अझ बढी जिम्मेवारीका साथ काम गर्नुपर्दछ र जीवनको लागि प्रेम प्रदर्शन गर्नु आवश्यक छ । तपाईंले आफ्नो, आफ्नो परिवार र देशको लागि आदर देखाउनुपर्दछ ।’
इटाली अहिले विश्वको सबैभन्दा बढी प्रभावित देश बनेको छ । जहाँ १३,००० भन्दा बढीको मृत्यु भइसकेको छ ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १९:२७ मा प्रकाशित