back

पाँच मुक्तकः कोरोना बिशेष

वि.सं.२०७६ चैत २४ सोमवार

441 

shares
NTC AD

(१)
यो पाशुपत क्षेत्र हो कोरोना, तँ जस्ता भाईरस सर्दै सर्दैन
ॐ उच्चारण गरे भने मात्र, तेरो कुनै असर पर्दै पर्दैन
बिश्व हल्लाए पनि नेपाल, र नेपालीको मन हल्लिदैन
यो भूमी चरु र हवनले पबित्र, छ कोही यहाँ मर्दै मर्दैन….

(२)
आज गाँउ घरमा मलामी, नपाउने समय आयो
कोरोना सर्ने डर त्रासले, विपत्ती पो छायो
रुघा खोकी मात्र लागे, गाँउघर छोड भन्छन
बिना गल्ती मानबले यो, कस्तो सजाय पायो…

(३)
जीवनमा कसैसंग शत्रुता भए, अब अहम फाल्नुपर्छ
मित्रताको हात बढाई सदभाव, हृदय भरि पाल्नुपर्छ
कोरोनाले पाठ सिकाएकोछ, को ठुलो को सानो
घरबास को यो अवसरमा, रिस राग गाल्नुपर्छ ..

(४)
कोरोनाको कहर अब, यहाँ अन्त्य गर्न भनि
आफ्नो ठाउँबाट जुटौं, हामी सबै चेतनशिल बनि
मानब सभ्यता यदी, बचाउनु छ भने हामीले
घरभित्र बसेर लडौ, युद्ध अब हामी पनि..

(५)
आमा बाबा भन्दा अघि, कसैको सन्तान नमरोस्
आँखै अघी सन्तान खोसी, समयले यस्तो घात नगरोस्
जिन्दगीमा आई परेको, असह्य बज्रपात सहदै गर्दा
मुटु जस्ता सन्तानको लाशमा, कसैले दागबत्ती दिनु नपरोस्..

वि.सं.२०७६ चैत २४ सोमवार ११:३८ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...