२४ चैत्र, काठमाडौं । सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठका बस्दैछ । बैठकले लकडाउन बढाउने निर्णय गरिने बताईएको छ । मंगलबार मध्यराती १२ बजे लकडाउनको अबधि सिद्धिंदै छ ।
सरकारले कोरोनाको संक्रमण थप फैलिन नदिन उक्त निर्णय गर्न लागेको हो । कम्तिमा ७ दिन लकडाउनको समयाबधि थपिने छ । बिज्ञहरुले लकडाउन १५ दिन लम्ब्याउन सुझाब दिईरहेका छन । तर सरकारले भने अगामी परिस्थिति हेरेर निर्णय गर्ने गरि हाललाई सात दिनको समय थप्ने तयारि गरेको छ ।
सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरिरहेको छ ।
वि.सं.२०७६ चैत २४ सोमवार ११:४० मा प्रकाशित