अझै कत्ति के के नै गरौँ लाग्दा लाग्दै रहर
संसार भरी फैलिदियो यो डर लाग्दो कहर ।
शङ्कै भयो साम्य नहोला अत्याचार हिंसा
सही छानबिन हुन्थ्यो भने किन रहे बहर ।।
बलिया बाङ्गा युवालाई कमै ढाल्ने भयो
बुढापाका कम्जोर जो छन् लाने यही ठहर ।
धनी गरिब र विकसित देश छुट्याएन कतै
खल्लो खल्लो लाग्न थाल्यो रित्तै होला शहर ।
आफैँ दिनले बताउँछ नि कस्को भाग्य कस्तो
आत्तेर ऐल्यै आवेशमा आई न खानु है जहर ।
वि.सं.२०७६ चैत २४ सोमवार ११:४३ मा प्रकाशित