आज जता ततै सनत्रराश भएकोछ,
देख्दा देख्दै धर्तिमा लाश भएकोछ ।
रोक्न नसकेपछि संसारले महामारी,
सबैको एकान्त भित्र बाश भएकोछ ।
मौकामा चौका हान्न खोज्ने अप्राधि,
लाई यो अबस्था नि खाश भएकोछ ।
टाडा टाडा मात्र होईन यि घटनाहरु,
हिँजो आज त आस पास भएकोछ ।
कयौँलाई लाक डाउनले मौका दियो,
देशको अर्थ ब्यबस्था नाश भएकोछ ।
कसैको घरमा आज अनिकाल आयो,
कसैलाई मस्तिकै अबकाश भएकोछ ।
वि.सं.२०७६ चैत २४ सोमवार ११:४७ मा प्रकाशित