back

गजल

वि.सं.२०७६ चैत २४ सोमवार

315 

shares

बारबार किन आउँछ ? सपनीमा उनको तस्वीर ।
गगनको फिक्का लाग्छ, उनको सामु जूनको तस्वीर ।

धेरैचोटि कोसिस गरेँ, भगवान् को मूर्ति बनाई ।
पग्लिएर बिलाई गयो, बनाउँदा नुनको तस्वीर ।

पूरा जीवन कोसिस गरेँ, त्यो आवाज सुनी मनमा ।
तर कैले सजिएन, मुटुभित्र धुनको तस्वीर ।

जीवनमा शिक्षा दिने, गुरुवर जहाँ पुगे नि ।
जहाँ र्हेयो त्यहीँ देख्छु, भगवान् झैँ गुनको तस्वीर ।

कलम छोडी बारुदको, खेल खेल्दा कस्तो हुन्छ ?
सिरियाको भूमिमाथि, धेरै बने खुनको तस्वीर ।

लुम्बिनीलाई सधैँ हेर्दै, संसारले सिक्ने गर्छन् ।
शान्ति त्यहीँ बन्छ जहाँ, गौतम बुद्ध सुनको तस्वीर ।

वि.सं.२०७६ चैत २४ सोमवार ११:५२ मा प्रकाशित

सुसेली

सुसेली

रामशरण न्यौपाने, भक्तपुर चमत्कार छ सुसेलीको कोसेली धुवाँधार छ ।१...

गजल

गजल

नवराज न्यौपाने ’मौन’ सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

कविता : जाली सबैछन् यता

कविता : जाली सबैछन् यता

उत्तमकुमार पोखरेल सूर्य विनायक, भक्तपुर गर्छाै मोज अझै सके गर...

कविता : निभेछ देशको चुलो

कविता : निभेछ देशको चुलो

कविराज घिमिरे चाँगुनारायण, भक्तपुर उठी बिहान मिर्मिरे पुगेँ त्यहाँ कतै...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. बाबा आमा अलग भए, स्वर्ग...

लघुकथा : मृत्युको मूल्य

लघुकथा : मृत्युको मूल्य

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ल आमा अझ थप...