न खोज निहु कोरोना संग जानी जानी
थाहा छैन कुन बेला कसरी गर्छ हानी ।।
जन मानसले भने जस्तै बस्नु गुप्तबास
मानी देउ सबै कुरा यहि गुरु मन्त्र ठानी ।।
सफा सुग्धर गर्नु साबुन र सानिटाइजरले
रसाइ राख घाँटि सधै पिएर तातो पानी ।।
थाहा छैन कस्लाइ प्रहार गर्न बसेको छ
बाहिर मृत्यु होला नगर आफै संग बेइमानि ।।
केही त सिकायो कोरोनाले यो जगतलाई
थाल्नु पर्छ पुर्बजले गरेको असल बानी ।।
मृत्यु कति कठोर छ आज जगले देख्यो
नगरुँ कसैले कसैको मन दुख्ने कुरा कानी ।
मै हु भन्ने कस्ता त कोरोनाको सामु गले
सकेन कसैले धनले हराउन के छ र लानी ।।
वि.सं.२०७६ चैत २४ सोमवार ११:५५ मा प्रकाशित