अप्रैल महिनाको दोश्रो हप्ता गर्मी निकै बढेको थियो । कोरोनाले आतंक मच्चाएर जताततै संत्रासमय वातावरणमा सबै मान्छे घरमै कैद थिए । विहान चारवजे ओछ्यान नछोडदै मोवाईलमा घण्टीबज्यो, हत्तपत्त कल रिसिभ गरेँ उताबाट सानी नानीको चिच्याहट मिसिएको आवाज आयो दिलुदाजुकी छोरी रैछे ‘अंकल ! मेरो बाबालाई के भयो ? बाबा बोल्नुहुन्न,आमा रोई रहनु भएको छ,मैले बडालाई फोन गरेर बोलाँए तर आउनु भएन अंकल तपाई त आउनुहुन्छ होला नि हिँ हिँ हिँ’ मेरो मुटु दुखेर आयो । आँखा रसाए । मैले यो पीडा मेरी श्रीमतीलाई सुनाउँदा सुनाउँदै गला अवरूद्ध भयो ।
दिलुभाई कोरोना भएर खसेछ । तर म विवस भएर घरमैं आफुलाई कैद गर्न बाध्य भए । विचरी दिलुकी छोरीले सयौं चोटी फोन गरि । तर, मैले चाहेरपनि फोन उठाउँन सकिन । हे ! भगवान मलाई कस्तो परीक्षा लियौ तिमीले ? म के गरौं प्रभु ? त्यो अनाथले कति जनालाई फोन गरि होली ? ति अवोध आँखाले आफन्तहरूको कति बाटो हेर्यो होला? उसको मन हम्मरले हानेको ढुंगो जस्तो भएर कति टुक्रा टुक्रा भयोहोला ? हे भगवान! म के गरौं ? म कसरी सहन गरौं ? म जाउ ! कसरी जाँउ ? म नजाँउ कसरी नजाँउ ?
मेरो मुटु दुखीरहेको थियो । यत्तिकैमा म पनि वेहोस भएछु ।
वि.सं.२०७६ चैत २४ सोमवार १२:०२ मा प्रकाशित