रातभरी सपनीमा हराउने गर्छु,
सपनाको महलमा रमाउने गर्छु ।
बिहानीले लुटिदिन्छन् मेरो सपना,
दिनमा सपनासित डराउने गर्छु ।
भौतारिन्छु दायित्वको बोझ बोकेर,
नुनिलो पसिनाहरु बहाउने गर्छु ।
अति थोरै मिल्दछन् पसिनाको मोल,
थोरैले ठुलो संसार चलाउने गर्छु ।
आँशुहरु गहभित्रै सुकाएर यहाँ ,
अभावको यो संसार बसाउने गर्छु ।
वि.सं.२०७६ चैत २४ सोमवार १२:१४ मा प्रकाशित