back

लघुकथा: भाईरस

वि.सं.२०७६ चैत २४ सोमवार

354 

shares
NTC AD

यमलोकको द्वारमा मान्छेको लश्कर लाईन देखेर यमराजले द्वारपालसंग सोध्छ – ओहो ! मान्छेको हुल । काँ बाट आएका हुन । यमराजको प्रश्न सुनेर द्वारपालले भन्छ – क्वै चिनबाट आका छन् । क्वै अम्रिकाबाट आका छन् । क्वै ईटालीबाट आका छन् । क्वै स्पेनबाट आका छन् । क्वै बेलायतबाट आका छन् । क्वै ईज्राईलबाट आका छन् । क्वै भारतबाट आका छन् । क्वै नेपालबाट आका छन् । सपै छ्यास्समिस्स भेर हुल बाँधेर आका छन् प्रभु ।

द्वारपालको कुरा सुनेर यमराजले दुखेसो गरेर सोध्छन् – के भेर आका हुन यिनीहरु ? द्वारपालले जवाफ दिन्छ – था`भे न प्रभु । द्वारपालको कुरा सुनेर यमराजले भन्छ – एकजनालाई म कहाँ हाजिर गरा त । यमराजको आज्ञा पालन गर्दै द्वारपालले एकजनाको कठालो समाएर भित्र लेर आउँछ । जुँगा मुसार्दै यमराजले सोध्छ – के गरि आयौ यमलोक ? मान्छेले हात जोडेर भन्छ – प्रभु ! कोरोनाले संक्रमित भएर आएको हुँ । कुरो सुनेर अचम्भित भएर सोध्छ – यो कोरोना भनेको के हो ? यमराजको कुरा सुनेर मान्छेले भन्छ – भाईरस हो प्रभु । फेरि अचम्म मानेर यमराजले सोध्छन – यो भाईरस भनेको चाहिँ के हो त ?

यमराजको कुरा सुनेर चित्रगुप्तले भन्छ – प्रभु ! भाईरस भनेको किटाणु हो । यो किटाणुले मान्छेको शरिर भित्र प्रवेश गरेर रुघा खोकी ज्वरो ल्याउने र मार्ने काम गरेको छ । अहिले पृथ्विलोक कोरोनाले अक्रान्त छ । मान्छेहरु घमाघम मर्दैछन् । चित्रगुप्तको कुरा सुनेर यमराजले भन्छ – ए ! कुरा त्यस्तो पो रैछ । त्यसो भे सिपाहिलाई पठाएर तुरुन्तै त्यो कोरोनालाई समाएर ऐले नै मेरो सामु हाजिर गर । आदेश शिरोपर गर्दै सिपाहिहरु कोरोनालाई समाउन पृथ्वीलोक लाग्छ ।

सिपाहिहरुले क्यै समय पछि पाताले कसेर कोरोनालाई यमराजको समक्ष हाजिर गराउँछ । जुँगा मुसार्दै यमराजले सोध्छ – तैंले मान्छेलाई किन दुख देको भन्ता । हेर न मान्छेको लाईन । यमलोकमा पनि कसरी राख्नु हाम्लाई नि पिरलो भएको छ । यमराजको कुरा सुनेर कोरोनाले विन्ति गर्दै भन्छ – प्रभु ! मेरो गल्ती हैन । मान्छेले स्वयम् सचेतना नअपनाएर बिरामी भएका हुन् । यमराज गर्जिदै भन्छ – ए ! कस्तो सचेतना भन्त ? कोरोना डराउँदै भन्छ – प्रभु ! म श्वास प्रस्वाँसको माध्यमबाट मान्छेको शरिरमा प्रवेश गर्छु । मान्छेले सावधानी नअपनाउँदा मैले संक्रमण गरेको हुँ । यमराजले प्रश्न गर्छन् – कस्तो सावधानी ? कोरोनाले भन्छ – प्रभु ! मान्छेले राम्ररी नाक मुख छोपेर मास्क लाउनु परो । हातमा पंजा लगाउनु परो । छिनछिनमा साबुन पानीले राम्ररी मिचिमिचि हात धुनु परो । आपसमा कुरा गर्दा तिन मिटर टाढा पर बसेर कुराकानी गर्नु परो। बेलाबेला तातो पानी पिउनु परो । झोलयुक्त पोषण खानेकुराहरु खानु परो । सरकारले घरमै बस भनेर दिएको आदेश पालना गर्नुपरो । आदेशको अवज्ञा गरेर हेल्चक्राई गरेर यिनीहरु बिरामी परेको हुन्। सबैले यी सावधानी अपनाए मैले क्यै बिगार गर्न सक्दिन प्रभु ।

कोरोनाको कुरा सुनेर यमराजले सिपाहिलाई अर्हाउँछ – तुरुन्तै मास्क र पंजा लेर आ`त ? द्वारपालले मास्क र पंजा ल्याएर दिन्छ । मास्क र पंजा लगाएर भन्छ – कुरो यस्तो पो रैछ । अनि उर्दि जारी गर्छ – आज देखि यमलोकमा सबैले अनिवार्य मास्क र पंजा लगाउने । साबुन पानीले हात धुने । बाहिर क्वै पनि ननिस्किने । लक डाउन । आज देखि सुरा नाँच गान बन्द । भएभरका कोरोनालाई समातेर तुरुन्त खाल्टोमा पुर्नु । कुरा सुनेर मान्छेले विन्ती गर्दै सोध्छ – मेरो के हुन्छ प्रभु । जुँगा मुसार्दै जाँघमा हात बजार्दै भन्छ – सरकारको आदेश पालना नगर्ने ए ! अटेरी । द्वारपाललाई अर्हाउँछ – यिनिहरुलाई एकहप्ता बाहिरै राख्नु । यमलोक भित्र कुनै हालतमा नछिराउनु। हस प्रभु – भन्दै द्वारपालले मान्छेको कठालो समातेर बाहिर लान्छ ।

वि.सं.२०७६ चैत २४ सोमवार १२:२० मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...