धेरै युद्ध लड्यो, मनुष्यजनले,
युगौं युगान्तदेखि ।
यो युद्ध फरक भएर देखियो,
जैविक अस्त्र बोकि,
मल्ल युद्धहरू सशस्त्र युद्धको
पालो सकियो सब,
जैविक युद्ध शुरू भयो जगतमा,
गर्ने कसो हो अब ?
नजाऊ घरदेखि बाहिर कतै,
घरकै एकान्त रोजौं
देहान्त हैन अब जन मन सबै,
केवल एकान्त खोजौं
जैविक युद्ध जितौं सबजन् मिली,
स्वमं संयमित भई
कोरोना विरूद्धको वुटि खोजौं
कानन कुञ्ज गई ।
नुतन निकुञ्ज-सेन थला, टीकापुर, कैलाली ।
वि.सं.२०७६ चैत २४ सोमवार १५:१८ मा प्रकाशित