सरकारको फाशिष्ट रवैयासंग शान्तिपुर्ण लडाइ लडेकी उनलाइ प्राण त्याग्न बाध्य बनाइयो । कठोर अठोटका साथ तड्पाइ भोग्दै आएर अप्रिल ३ मा संसारसँग बिदा लिएपनि उनको भौतिक मृत्युले साम्राज्यबादको कथित मानवअधिकारको मुकुण्डो थप उदाङ्गो पारेको छ ।
सिंगो विश्व र मानवसमुदाय कोरोनासँग प्रतिरोध गरिरहेको बेला अप्रिल ३ गते शुक्रबार टर्कीको इस्तानबुलले एउटा नराम्रो समाचार संसारभरी सम्प्रेषण गर्यो ।
कहिल्यै भेट हुन नपाएकाहरु पनि एउटा मृत्युको खबरले स्तब्ध भए । यति आक्रोशित बनेकी, कोरोनालाई पछारेर पनि उनलाई सम्मान गर्न मानिसहरु निकै तम्तयार भए । अप्रिल ३ सम्म आइपुग्दा संसारमा कोरोनाले धेरै जनाको ज्यान लिएको थियो तर टर्की सरकारको इस्तानबुल प्रशासनले एउटा क्रान्तिकारी महिला नेतृको ज्यान सजिलै लियो । २८८ दिनसम्म भोक हड्ताल गरेर बसेकी हेलेन बोलेक, २८ लाई उनको माग नसुनेर अन्ततः तड्पाएर मारियो ।
योरम सांस्कृतिक समूहमार्फत जनताका आवाजहरु उठाउनु र मुख्यत अमेरिकी ट्रुप्सको ज्यादती बारे बोल्नु उनको अपराध थियो । मुक्तिका पक्षमा लड्नेहरुका लागि आवाज उठाएको नाममा उनको समूहलाई सन् २०१६ मा टर्की सरकारले प्रतिबन्ध लगायो । सरकारले जति दमन ग¥यो त्यत्ति यो समूहले लोकप्रियता पाउँदै गयो । कलाकारहरुका बाजागाजा फुटालिदियो, भाँच्यो र गिरफ्तारी पनि शुरु गर्यो ।
यस्तो स्थितिका बीच पनि उनी ग्रिस लगायतका केही युरोपेली देश र एशियाका केही ठाउँमा जनसंगित अभियान लिएर हिडिरहिन् । यस बीचमा उनलाई पनि गिरफ्तार गरियो । टर्कीका कानुन व्यवसायी तथा अधिकारवादीवादीले उनी लगायत सो समूहका अभियन्ताहरुको रिहाइको माग गर्दै अनसन बसे । सरकार अन्ततः झुकेर गत नोभेम्बर १९ मा उनलाइ रिहा गर्न बाध्य भयो ।
रिहाइपछि उनी सरकारसँग नरम भएर आफ्नो व्यक्तिगत जीवन रमाइलो पार्न सक्थिन । उनले त्यसो गरिनन् । वर्ग पक्षधरता लिँदै उनले आफना साथीहरुको पुरै रिहाइ र संगठनमाथिको प्रतिबन्ध फुकुवाको माग गरिन् । सरकार त्यसो गर्न तयार भएन । बरु मार्च ११ मा उनी र उनका अर्का साथी इब्राहिम गोचेकलाई प्रहरीले असहज अवस्थामै अस्पताल पु¥याएको थियो । उनले सरकारसँग अडान कायम राख्दै औषधि समेत लिन अस्विकार गरिन् । र अन्ततः उनलाई असाध्यै गम्भिर अवस्थामा घर लगेर छोडियो । अनसनका २८८ दिनसम्म उनले कति मनोवैज्ञानिक यातना व्यहोरिन्, त्यसको हिसाब गर्न सकिँदैन । भोको पेट राखेर उनले वर्ग पक्षधरताका लागि देखाएको अडान भने संसारैभरी सम्प्रेषित भयो । आफ्नो छोरीको माग सरकारले पुरा गरेपछि स्टेजमा पुगेर फेरि जनताको गीत गाउलिन् भन्ने उनकी आमाको सपना पनि भताभुंग भयो । उत्पिडीत र मुकितकामी जनताको आशा बनिसकेकी उनीसंग टर्कीको सरकार डरायो र उनको माग संबोधन गर्ने वा जीवन रक्षाको पहलकदमी लिएन ।
सरकारको फाशिष्ट रवैयासंग शान्तिपुर्ण लडाइ लडेकी उनलाइ प्राण त्याग्न बाध्य बनाइयो । कठोर अठोटका साथ तड्पाइ भोग्दै आएर अप्रिल ३ मा संसारसँग बिदा लिएपनि उनको भौतिक मृत्युले साम्राज्यबादको कथित मानवअधिकारको मुकुण्डो थप उदाङ्गो पारेको छ । नेपालमा पनि प्रसिद्ध सांगीतिक ब्यक्तित्व तथा नेकपा नेता मणि थापा लगायत सयौले सलाम अर्पण गरेको समाचार सार्वजनिक भएका छन भने उनको गीत सुनेका र कला देखेका युरोप र एशियाका लाखौ समर्थक बाहेक बर्गपक्षरतामा अडिग संसारभरीका करोडौ जनसमुदायले उनका आवाज गुन्जाइरहेका छन् ।
वि.सं.२०७६ चैत २६ बुधवार १६:१५ मा प्रकाशित