back

कालो बजारीको अभियोगमा पक्राउ परेका व्यवसायी अग्रवाललाई सातदिन हिरासतमा राख्न अनुमति

वि.सं.२०७६ चैत २६ बुधवार

378 

shares

२६ चैत, काठमाण्डौं । स्वास्थ्य सामग्रीको कालो बजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका व्यवसायी शौरभ अग्रवाललाई सातदिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

पाँच हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई उनले २० हजारमा बेचेको अभियोगमा अग्रवाल मंगलबार नक्सालबाट पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले उनलाई थप सातदिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो ।
शंकर ग्रुपका संचालक अग्रवाललाई मंगलबार प्रहरीले आफैं ग्राहक बनेर पक्रिएको थियो । चीनबाट थर्मल गन ल्याएर महँगोमा बेचेको आरोपमा पक्राउ परेका उनले सोधपुछका क्रममा भने थर्मल गन आफ्ना कर्मचारीका लागि लकडाउन अघि नै न्युरोडबाट खरिद गरेको बताउँदै आएका छन् ।
अग्रवालले चीनबाट नेपाल एयरलाइन्सको जहाजमा २० हजार थर्मल गन ल्याएको सूचना पाएपछि अनुसन्धानमा लागेको प्रहरीले आइतबार र सोमबार दिनभरी नक्कली ग्राहक बनेर अनुसन्धान गरेर मंगलबार पक्राउ गरेको बताएको छ । अग्रवालले चीनबाट अन्य स्वास्थ्य सामग्री ल्याएको भनिएपनि मंगलबार नै उनको घरमा खानतलासी गरेको प्रहरीले अन्य उपकरण भने फेला नपारेको बताइएको छ ।
नक्कली ग्राहक बनेर डिल गरेको प्रहरीलाई कुटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बेच्न नक्साल पुगेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार १६:३७ मा प्रकाशित

GLOBAL IME AD
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३...

हरेक खाद्यान्न विदेशबाट आयात गरिएपछि कसरी कृषि प्रधान देश ?

हरेक खाद्यान्न विदेशबाट आयात गरिएपछि कसरी कृषि प्रधान देश ?

हरेक वर्ष जेठ महिनाको अन्तिममा नेपालमा मनसुन भित्रिने गरेको छ...

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन् ।...

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्ति

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला...

डेङ्गु सङ्क्रमण घट्दै

डेङ्गु सङ्क्रमण घट्दै

काठमाडौं । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न...

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी गर्दै खाद्य व्यवस्था

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी गर्दै खाद्य व्यवस्था

कञ्चनपुर । धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा...