मनको कुरा खोल्छु आज नरिसाऊ तिमी
यो दिल साझा होइन भारी नटेकाऊ तिमी ।
आफ्नै खुट्टा दह्रो बनाई उभिएकी छु म
फसाउनलाई लोभ लालच नदेखाऊ तिमी ।
छुट्याउँछु दुध र पानी लाटी भन्छौ सधैँ
छुस्स छुस्स जिस्क्याउँदै नसताऊ तिमी ।
अर्कै बाटो खन्दै जाऊ सुखद जिन्दगीको
फूलको छेउमा काँढा बनी नपलाऊ तिमी ।
जस्तो बन्यो बट्टा हजुर आफ्नै हुन्छ बिर्को
मिलाउँन खोज्दै यता नजिक नआऊ तिमी ।
वि.सं.२०७६ चैत २९ शनिवार ०९:२१ मा प्रकाशित