१ वैशाख काठमाडौं । कैलालीमा एक ६५ बर्षिय महिलामा कारोना भाइरस भेटिएको छ । गत चैत्र १७ गतेदेखि लम्की बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा बसिरहेकी ती महिलालाई कोरोना भएको भेटिएको हो ।
उनी बिरगञ्ज नाकामा चिया पसल गर्ने गरेको र लकडाउन हुनु भन्दा अगाडी चैत्र ९ गते उनी लम्की आएको खुलेको छ । विरगञ्जबाट आएर आफन्तकोमा बसेकी उनलाई स्थानीयले क्वारेन्टाइनमा राखेका थिए ।
उनी लगायत १७ लाई र्यापिड टेस्ट र पिसिआर परिक्षणको लागि धनगढीबाट गएको टोलिले नमुना संकलन गरेको थियो ।
सूरुमा रिपोर्ट नगेटिभ आएको थियो तर पुन परिक्षणको लागि टेकु पठाउँदा त्यहाँ रिपोर्ट पोजेटिभ आएको हो ।
गत शनिबार नै १७ जनाको स्वाब र रगनको नमूना काठमाडौ पठाईएको थियो । अरु १६ जनाकोे रिपोर्ट चाहिं नेगेटिभ आएको छ ।
वि.सं.२०७७ वैशाख १ सोमवार ११:४१ मा प्रकाशित