back

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी दिइएन्

वि.सं.२०७३ पुस ५ मंगलवार

570 

shares
GLOBAL IME AD
NTC AD

 ५ पुस,वेलिङ्गटन (न्युजिल्यान्ड) । मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ । दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय र सपत्तीको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन् ।

सो भूकम्प ६.७ म्याग्निच्युडको मापन गरिएको र गत डिसेम्बर ९ गएको ७.७ म्याग्निच्युडको शक्तिशालीे भूकम्पको यो पराकम्प भएको बताइएको छ ।

गत डिसेम्बर ९ गएको भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको सयौ घरहरुको क्षति र ध्वस्त भएका थिए । यस भूकम्पपछि दर्जनौ पराकम्पहरु आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आज गएको भूकम्पको् केन्द्रविन्दु किराकिराबाट ८० किलोमिटर उत्तरपश्चिम र सोलोमोन द्विप राजधानी होनियाराबाट १६० किलोमिटर दक्षिणपूर्वमा ३५ किलोमिटर गहिराईमा रहेको छ ।

यस प्रशान्त माहासागरिय राष्ट्रमा गत दुई हप्तायता पटक पटक शक्तिशाली भूकम्प गएको छ । सोलोमोन द्विपको छिमेकमा पर्ने पपुवा न्यु गिनीमा गत शनिबार ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । रासस÷एपी

वि.सं.२०७३ पुस ५ मंगलवार ११:२० मा प्रकाशित

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर...

होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

टेगुसिगाल्पा । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा...

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका...

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने...