Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रियाको पहलमा ‘कोभिड १९ राहत सहयोग कोष’को स्थापना



५ बैशाख, अष्ट्रिया । महाशक्ति राष्ट्र चीनको आन्तरिक स्वार्थ र विश्व स्वास्थ्य संगठनको लापर्वाहीको कारणले कोरोना भाइरसले विश्वभर त्राहिमाम मच्चाउन सफल भएको हो भन्ने धारणा बनिरहेको अवास्थामा महामारीको अन्तसंगै विश्व राजनीति, अर्थतन्त्र र संगठित राष्ट्रहरुको संरचनामा आउन सक्ने परिवर्तनको आंकलनहरु सार्वजनिक भइरहेका छन् ।

चीनकै वुहानबाट विश्व यात्रामा निस्केको कोरोनाले मध्यपूर्व देश इरान, दक्षिण यूरोपका इटाली, स्पेन, फ्रान्समा सबैभन्दा ज्यादा तहल्का मच्चाउँदै ब्रिटेनलाइ ट्रान्जिट बनाई एकैपल्ट संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरमा गएर बर्षिएको र सिङ्गो अमेरिकालाई झुक्न विवस बनाईरहेको आजको वास्तविकता हो ।

ठुलै संख्यामा यूरोप र अमेरिकामा गैरआवासीय नेपालीहरुको बसोबास रहेको र यी दुवै महादेशहरुमा धेरै नेपालीहरु कोरोनाको संक्रमणमा परि बिरामी परेका र धेरैले आफ्नो ज्यान गुमाएका समाचारहरु दिनानुदिन प्रकाशित भइरहेका छन् । अहिले सम्म कुनैपनि औषधि पत्ता नलागिसकेको अवस्थामा यसको रोकथामको निम्ति सजकता अपनाउनु बाहेक अन्य केहि उपाय छैन । महामारी रोकथामको निम्ति सरसफाईको साथमा लकडाउनको उपाय प्रायःसबै प्रभावित देशहरुले अपनाईरहेका छन् ।

मे महिनाको पहिलो हप्ता सम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । यसरी लकडाउन हुँदा भने आममानिसहरुको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पर्ने र यसको निम्ति सबै देशहरुले आफ्नो क्षमता अनुसारको राहत प्याकेजहरु सार्वजनिक गरिरहेका छन् । तर यस्ता राहत प्याकेजले कतिपय आप्रवासीहरुलाई नसमेट्ने यथार्थलाई मनन गर्दै यसको समाधानको निम्ति संघसंगठनहरु सक्रिय हुन थालेका छन् ।

नेपालीहरुकै कुरा गर्नुपर्दा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले यूरोप तथा अमेरिकाका महामारी प्रभावित नेपालीहरुको राहतको निम्ति कार्यक्रम बनाई कामगर्न थालेको छ । तर संघको कार्यक्रम अनुसार कोरोना प्रभावितहरुले राहत पाउन महिनौँ लाग्ने भनि स्थानीयस्तरमा नेपाली संघसंस्थाहरुले आफ्नै आपतकालीन राहत कोष बनाई राहत वितरण गर्न थालेका हुन् । यूरोपको साइप्रस, स्पेन, पोर्चुगल, जर्मनी र अष्ट्रियामा स्थानीय संघ संगठनहरु मिलि राहतका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिरहेका छन् ।

यूरोपेली देशहरुमध्ये सबैभन्दा ज्यादा महामारीको चपेटामा परेका देशहरु इटाली, स्विजरल्याण्ड र जर्मनीसँग सिमाना जोडिएको देश अष्ट्रियामा लगभग १हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्छन । अहिलेसम्म कोहि पनि नेपालीहरुमा कोरोनाको संक्रमण भएको पुष्टी भएको छैन । अष्ट्रियन सरकारले अपनाएको लक्डाउनबाट रहुन सक्ने सम्भावित संक्रमणले ल्याउन सक्ने परिस्थितिको समाधानको निम्ति नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाको अग्रसरता मा इनास अष्ट्रिया,ANA – Association of Nepalese in Austria _, SCV Sagarmatha – Sport Club Vienna , नेपाल अष्ट्रिया मैत्री समाज सगरमाथा मिलि आपतकालीन राहतकोष स्थापना गरेका छन् ।

राहतकोषमा अष्ट्रियाका बिभिन्न शहरमा बसोबास गर्ने नेपालीलगायत अष्ट्रीयन नागरिकहरुले रकम सहयोग गरिरहेका छन् । अहिलेसम्म लगभग चार हजार यूरो संकलन भइसकेको सूचना नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाको आधिकारिक फेसबुकमा प्रकाशित गरिएको छ ।

जनजाति महासंघ अष्ट्रियाका बरिष्ठ सल्लाहकारहरु रोनि गुरुङ्ग, बिक्रम लामा, भुपेन्द्र तमु र अध्यक्ष डबिन लामाको सक्रियतामा अष्ट्रियास्थित बिभिन्न संघसंस्थाहरुलाई एकत्रित भइ राहतकोष संचालन गर्नको निम्ति आव्हान भएबमोजिम माथि उल्लेखित संस्थाहरु एकभएका हुन् ।

संस्थाहरुको पहिलो बैठकले भियन्ना क्षेत्रबाट जनजाति महासंघका अध्यक्ष डबिन लामा, महासचिव शेखर लामा, कोषाध्यक्ष बिरेन्द्र ब. पुन, इनास अष्ट्रिया अध्यक्ष सन्तोषी भण्डारी तथा महासचिव शुभद्रा भण्डारी, SCV Sagarmatha का उपाध्यक्ष लक्ष्मण भुजेल, साल्जबर्गस्थित समाजसेवी राम विश्वकर्मा र इन्सब्रकबाट समाजसेवी रुद्र विश्वकर्मा सम्मिलित ८ सदस्सीय राहत रकम संकलन समिति गठन गरिएको थियो ।

आपतकालीन राहत कोषको उद्देश्य प्राप्तिको निम्ति एकत्रित संस्थाहरुको बैठकबाट कोष संचालनको निम्ति एउटा छुट्टै कोष संचालक समिति गठन गरेर सम्पूर्ण अधिकार कोष संचालक समितिमा निहित रहने गरि कोष संचालन नियमावली पनि बनाइएको छ ।

कोष संचालक समिति सदस्यहरुमा जनजाति महासंघ अध्यक्ष डबिन लामा, महासचिव शेखर लामा, सचिव रोशन तामाङ्ग, कोषाध्यक्ष बिरेन्द्र ब. पुन, इनास अष्ट्रियाको तर्फबाट अध्यक्ष सन्तोषी भण्डारी, उपाध्यक्ष सम्झना बोहरा र महासचिव शुभद्रा भण्डारी, क्ऋख् क्बनबचmबतजब को तर्फबाट उपाध्यक्ष लक्ष्मण भुजेल रहेका छन् । साथै कोष संचालक समितिको अन्य सदस्यहरुमा मनिराज थेबे, भुपेन्द्र तमु , बिक्रम लामा रचन्द्र सेन राई रहेका छन् ।

कोष संचालक समितिले जनजाति महासंघ अष्ट्रियाको फेसबुकमा प्रकाशित गरेको सुचना अनुसार राहतकोषमा रकम संकलन गर्ने कार्यलाई निरन्तरता दिँदै राहत रकम वितरण कार्यको पनि शुरुवात गरिएको छ ।

समितिका एक सक्रिय सदस्यका अनुसार यसरी संघसंस्थाहरु एक भएर आपतकालिन राहतकोष गठन गर्ने कुरा धेरै पहिलेदेखि चलेको भएपनि सफल हुन नसकेको र हाल आएर जनजाति महासंघ अष्ट्रियाको परिकल्पनामा यसले सफलता हाशिल भएको तथा अभियानमा सम्मिलित सबै संघसंस्थाहरु यो कोषलाई निरन्तर रुपमा अगाडि बढाउँदै लैजान सहमत भएका छन् ।

राहतकोष गठनमा सक्रिय रुपमा सहयोगी भूमिका खेल्ने अन्य व्यक्तिहरुमा लिलि लामा, जपन राई, आशा थापा, इन्द्र थापामगर तथा पारस बोहरा पनि रहेका छन् । राहतकोष संचालक समितिले बनाएको कोष संचालन नियमावली अनुसार राहत रकम प्रदान गरिने व्यक्तिको विवरण सार्वजनिक नगरिने तर अभिलेखको रुपमा समितिले सुरक्षित तवरले विवरण राख्ने जानकारी दिँदै राहतकोष सफलतापूर्वक गठन गर्न र संचालन गर्न प्रत्यक्ष-अप्रत्यक्ष सहयोगी भूमिका खेल्ने सबै महानुभावहरुलाइ धन्यवाद समेत व्यक्त गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय