back

कविताः कोरोनाः दैवको लाठी

वि.सं.२०७७ वैशाख ६ शनिवार

291 

shares

हिमाल मुस्कुरायो
चाँदीको पहाड़ चम्किरहेछ ।।
गंगा नदी पवित्र बनेकी छिन शताव्दी पछि
यमुनामा स्वच्छ जल प्रवाह देखियो ।।

आकाश स्वच्छ छ
महानगर वासीले निलो आकाश देखे
ं जीवनमा पहिलो चोटी
सलह झैं हिँडि़रहने मानवजाति
एकाएक हराए शहर,महानगरबाट ।।

रेल गुड़ेको छैन
मोटर वाहक ठप्प छ ।।
बन्य प्राणीलाई शान्ति छ
स्वतन्त्र र सुरक्षित छन् उनीहरू हिजआज
हवाई जहाज उड़ेको छैन
पंक्षी स्वतन्त्रत उडÞिरहेछन् पखेटा फर्फराएर ।।

पानी जहाज चलेको छैन
जलचर रमाईरहेछन् आफ्नै संसारमा । ।
हल्ला छैन शहरमा
शहर चीर निद्रामा सुतेको छ
प्रदुषण छैन परिवेशमा
शान्त छ संसार
शान्ति छ सबैलाई ।।

मानव प्रगति रोकिएको छ एकाएक
कल कारखाना बन्द छन्
नदी, खोला खोल्सा स्वच्छ बनेको छ
व्यापार व्यवसाय ठप्प छ
धूवा धूलो छैन पृथ्वीमा ।

म फर्केर दुइ सय बर्ष पछि पुगेको छु ।
मन उडेर त्यहाँ पुगेको छ मेरो
जहाँ
आज झैं हाम्रा पुर्वजहरु सभ्य थिएनन्
तर
शिक्षित,ज्ञानी र दूरदर्शी थिए ।
मिलेर बसेका थिए प्रकृतिसित
पूजा अनि श्रद्वा गर्ने प्रकृतिको ।

खुशी थिए सुखी थिए पुर्खाहरू
मानवता थियो, दया, धर्म र प्रेम थियो ।।

यो बेला
सभ्य छन् मानिस
चन्द्रमामा पुगें, मंगलतिर गए
प्रकृतिलाई चुनौती दिए ।

जल प्रवाह रोके
फलामको चरो उड़ाए
समुद्रभित्र आधिपत्य जमाए
पर्यावरण असन्तुलिन बनाए ।
जन्म रोके
मृत्युलाई पनि जिते ।

बिज्ञानले प्रगति गर्यो
विनाशकारी बस्तु आविष्कार गरें
कल कारखाना बसाए
कार्वनडाईअक्साइडको मात्रा बड़ाए ।
जंगल मासे अक्सीजनको मात्रा घटाए
मैला कुचेला नदी झोड़ा खोलामा फ्याँके
जलचर मासे ।

ओजन परत फाट्यो
सूर्यको विशाक्त किरण पृथ्वीमा आइरहेछ
अम्ल बर्षा भइरहेछ
आईरहेछ नयाँ नयाँ रोगहरू ।

उद्वभिद तथा प्राणी रोगी बनेका छन्
अणु, परमाणु बम बनाएका छन्
गोला बारूद पड़काएका छन् ।

जंगलमा थिए पुर्खा
लाज ढाकेका थिए रूखका बोक्रा र पातहरूले ।

सभ्य भए आजका मानिस लुगा लगाए
आज सभ्यताको चरम परकाष्टमा पुगें
निस्बस्त्र बनेका छन् मानव
शासन, अनुशासन भूलेका छन् ।

प्रकृति, जसले निर्माण गरिन्
उनी सर्वशक्तिमान छिन् ।

उनी बराबर न्याय गर्छिन् सबैमाथी
यसघड़ी,उनको न्यायको लाठी चलेको छ
अब भुस र चामल छानिने समय आएको छ
मानवले आफ्नो भूलको
प्रायश्चित गर्ने समय आएको छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:१६ मा प्रकाशित

GLOBAL IME AD
कविता : को चन्द्रमा छुन्छ है ?

कविता : को चन्द्रमा छुन्छ है ?

बिमला चन्द सानू बैतडी, हाल- काठमाडौं मैलो के छ र...

कविता : रित्ता मान्छेहरु

कविता : रित्ता मान्छेहरु

निम्बतरु,अर्घाखाँची अधिक रित्ता मानिसहरू हाम्रो तिर यता लखर उता लखर...

लघुकथा: गिद्धे नजर

लघुकथा: गिद्धे नजर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर, थिमी शिक्षक –।कोठामा दुई शिक्षिकाहरू गफमा...

कविता : फूलको बिछ्यौना

कविता : फूलको बिछ्यौना

बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा युरोपको पुनर्जागरण इतिहासको काल्पनिक कहानी...

मुक्तक

मुक्तक

सुनिल अधिकारी, काठमाडौं १. आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. पैँचो जस्तै सम्मान अनि, पुरस्कारको...