नपुंसकहरुको बस्ती हो यो शहर
धनबहादुरको मस्ती हो यो सहर ।
जनता ठगेर नाजायज काम गर्ने
भ्रष्टाचारिहरुको गस्ती हो यो शहर ।
पानी खान माग्दा मेलम्ची आउँछ भन्ने
लुच्चा र फटाहाको हस्ती हो यो शहर ।
रूपवाला र नाम चलेकालाई मात्रै
ईशारा गर्ने केटी जस्ती हो यो शहर ।
चारैतिर बाट जे ल्याएनि स्वाहा पार्ने
सधैं नअघाउने अगस्ती हो यो शहर ।
शंखरापूर नगरपालिका–४
फेदी, काठमाण्डौ
वि.सं.२०७७ वैशाख ६ शनिवार १०:२१ मा प्रकाशित