रिसाएकी देवदेवी या कुलले बिझाउँने भो यो छाती
गरे क्याहो मैलेनै भन्ने भुलले बिझाउँने भो यो छाती
भो नचडाइ दिएनि भो, मायाले गुलाफ यो दिलमाथि
हो मायालु अब त त्यो फुलले बिझाउँने भो यो छाती
नपुज्नु थिएछु नबुझि नै, कति पत्थर दिललाई यहाँ
सहनै नसक्ने आघात, शूलले बिझाउँने भो यो छाती
झुठो वाचाबन्धनहरु सजिलो जोड्दै तोडेको देख्दा
बिश्वासनै भएपछि उग्र, हुलले बिझाउँने भो यो छाती
साक्षीमै त हो, खिल्ली भइ उडेको देउरालीकै सामुन्ने
झुठा वाचाको अझैनि धुलले बिझाउँने भो यो छाती ।।
वि.सं.२०७७ वैशाख ६ शनिवार १०:२८ मा प्रकाशित