back

कविताः कोरोना पर्व

वि.सं.२०७७ वैशाख ६ शनिवार

396 

shares
NTC AD

जाबो यौटा किराले हलचल ननिको पार्न सक्तोरहेछ
जस्तै होस् शक्तिशाली, खरबपति कि होस् मार्न सक्तोरहेछ
आँखाले देख्नसक्ने तन पनि नभई, शक्ति कत्रो विशाल !
संसारै ठप्प पार्ने विषम विष छर्याे यो किराले बबाल !

खुम्च्यो यो विश्व खुम्च्यो,वरवर हुन गै साँध आकार खुम्च्यो
पैसाको होड खुम्च्यो, हर चिजबिजको बन्दव्यापार खुम्च्यो
घेरा भो तोकिएको परिधि र घरको द्वार–संघार खुम्च्यो
मान्छेको श्रेष्ठताको अहम कति छिटै यो किराबाट खुम्च्यो ।

बाटाघाटा प्रशस्तै, तिनभरि गुडने रेल छन्,मोटरै छन्
हावागाडी अनेकौं गगनपथ हुँदै सन्सनाएर उड्छन्
छाम्दैछन् चन्द्रमाको सतह र मनुवा विश्वब्रह्माण्ड नाप्छन्
कोरोना यो किराका सँग तर सजिलै हार मानेर झुक्छन् !

संसारै ध्वस्त पार्ने बम, अणुबम छन् जो बने तुच्छ ऐले
ठूलो हुङ्कार गर्ने, विकसित भनिने राष्ट्र छन् तुच्छ ऐले
कोरोनाकै कुराले जगत जगजगी भैरहेको छ ऐले
यौटा सन्त्रास साझा हर मन मनमा उर्लिएको छ ऐले ।

भेट्ने छन् दीर्घ दूरीतक पनि सजिलै यन्त्र वा अस्त्र के भो ?
मान्छे मान्छे भिडाई रगत बलि दिने सीप चातुर्य के भो ?
बेलो स्वार्थान्धताको प्रतिदिन फिंजिई झाँगियो,लाभ के भो ?
ऐले यौटा किराले कलुषित सपना ध्वस्त पार्याे,बिगार्याे ।

धेरै छन् शक्तिवाला धन,जन,विधिमा,छन् महाशक्ति केही
कोही क्षेत्रीय भाले हुन सुर,बलले लम्किदैछन् नहेरी
भाले वा शक्तिवाला सबसँग उभिने योग भो निम्छराले
कोरोनाले जुटायो अवसर यसरी बुझ्छ खोलाघरेले ।

छन्द-स्रग्धरा

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:३१ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...