back

सन् २०१६ पनि भूमध्यसागरिय क्षेत्रका शरणार्थीका लागि घातक : आईओएम

वि.सं.२०७३ पुस ६ बुधवार

255 

shares
NTC AD
Global IME AD

६ पुस, जेनेभा (स्वीट्जरल्यान्ड) । भूमध्यसागरिय क्षेत्रका आप्रवासीका लागि सन् २०१६ यसअघिका वर्षका तुलनामा झन् घातक भएको शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले मङ्गलबार जनाएको छ ।

आईओएमले भूमध्यसागरिय बाटो भएर युरोपेली मुलुक पुग्ने प्रयासमा यस वर्ष चार हजार ९०१ आप्रवासी तथा शरणार्थीले ज्यान गुमाएका जनाएको छ ।

सन् २०१५ मा यही बाटो युरोप पुग्ने प्रयासमा तीन हजार ७७७ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २०१५ मा प्रति २६७ व्यक्तिले युरोप पुगन गरेको प्रयासमा एक जनाले ज्यान गुमाउनु परेको आईओएमको तथ्याङ्क थियो ।

आईओएमको पछिल्लो तथ्याङ्कअनुसार आप्रवासी तथा शरणार्थीको युरोप जाने क्रममा भूमध्यसागरिय क्षेत्रको उत्तर अफ्रिकी बाटो हुँदै इटाली पुग्ने क्रममा सबैभन्दा बढी (चार हजार ४०३ ) जनाको ज्यान गएको थियो ।

त्यसैगरी यस वर्ष पूर्वी भूमध्यसागरीय बाटो, जसले टर्की र ग्रीसलाई छुट्टाउँछ, मा ४२९ जना आप्रवासी तथा शरणार्थीको मृत्यु भएको छ । बाँकी सबै पश्चिमी भूमध्यसागरीय बाटोमा भएका दुर्घटनामा मृत्यु भएका बताइएको छ । गत वर्षको तुलनामा यस क्षेत्रबाट युरोप पुग्ने शरणार्थीको सङ्ख्यामा उल्लेख्य कमी आएको भेटिए पनि असुरक्षित यात्राका कारण ज्यान गुमाउनेको सङ्ख्या भने बढी देखिएको छ ।

सन् २०१५ मा युरोप प्रवेश गर्ने आप्रवासीको सङ्ख्या १० लाखभन्दा बढी रहेकोमा सन् २०१६ को अहिलेसम्ममा भने सो सङ्ख्या तीन लाख ५८ हजार १५६ पुगेको आईओएमले बताएको छ । सिन्ह्वा

वि.सं.२०७३ पुस ६ बुधवार ०३:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...