back

जबरजस्ती करणी गर्नेलाई दशवर्ष जेल

वि.सं.२०७३ पुस ६ बुधवार

651 

shares
IME Limited
NTC AD

६ पुस, ताप्लेजुङ। जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ ।

अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले भोटे भनिने चोङवाङलाई करणी अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

जिल्ला अदालतका श्रेस्तेदार गोपालप्रसाद थापाका अनुसार गएको असार २६ गते चोङवाङले रु ५० दिन्छु भनी आठ वर्षीया बालिकालाई ललाइफकाइ मकैबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । बालिका रुँदै गरेको अवस्थामा अभिभावकले फेला पारी सोधपुछ गर्दा बालिकाले बताएको बयानका आधारमा अभिभावकले प्रहरीमा उजुुरी गरेका थिए ।

प्रहरीले असार २८ गते पक्राउ गरी ल्याएका चोङवाङलाई अदालतले साउन २१ गते पुर्पक्षमा राखी अनुुसन्धान गर्न आदेश दिएको थियो । चोङवाङ अहिले जिल्ला कारागारमा थुनामा रहेका छन् । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ०३:४४ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...