back

आदिवासी जनजाति महासङ्घमा बराम विजयी

वि.सं.२०७३ पुस ६ बुधवार

852 

shares

६ पुस,चितवन। नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी हुनुभएको हो । ५६ मतदाता रहेको महासङ्घमा बरामले ३१ र भुजेलले २३ मत पाउनु भएको थियो भने एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी हुनुभएको छ । महासचिवमा विजयी ताजपुरियाले ३५ र उहाँका प्रतिद्वन्द्वी टासी ह्याल्मुले १५ मत पाउनु भएको थियो । यसैगरी, कोषाध्यक्षमा मुकुन्द पहारीले ३६ र उहाँका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गर्नुभएको थियो । गत शनिबार सुरु भएको महाधिवेशन विवादका कारण आज मात्रै सम्पन्न भएको हो ।

एमाले विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन बनेको थियो । यसअघि महाधिवेशनले प्रदेश अनुसारको विधान संशोधन गरेको छ ।

तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले बताउनुभयो । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ०५:३९ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...