back
CTIZAN AD

आदिवासी जनजाति महासङ्घमा बराम विजयी

वि.सं.२०७३ पुस ६ बुधवार

1.1K 

shares

६ पुस,चितवन। नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी हुनुभएको हो । ५६ मतदाता रहेको महासङ्घमा बरामले ३१ र भुजेलले २३ मत पाउनु भएको थियो भने एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी हुनुभएको छ । महासचिवमा विजयी ताजपुरियाले ३५ र उहाँका प्रतिद्वन्द्वी टासी ह्याल्मुले १५ मत पाउनु भएको थियो । यसैगरी, कोषाध्यक्षमा मुकुन्द पहारीले ३६ र उहाँका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गर्नुभएको थियो । गत शनिबार सुरु भएको महाधिवेशन विवादका कारण आज मात्रै सम्पन्न भएको हो ।

एमाले विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन बनेको थियो । यसअघि महाधिवेशनले प्रदेश अनुसारको विधान संशोधन गरेको छ ।

तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले बताउनुभयो । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ०५:३९ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...