back

किशोरीको सक्रियतामा तेह्र बालविवाह रोकिए

वि.सं.२०७३ पुस ६ बुधवार

570 

shares
GLOBAL IME AD
NTC AD

 ६ पुस,बैतडी । किशोरीको सक्रियतामा जिल्लामा १३ वटा बालविवाह रोकिएका छन् ।

महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका महिला विकास अधिकृत अनिता बुढा ऐरकाअनुसार वैशाखदेखि हालसम्म जिल्लामा १३ वटा बालविवाह रोकिएका छन् ।

“बैतडीमा बालविवाह दर बढी हुने गरे पनि पछिल्लो समय रोकथामका लागि थुप्रै पहल हुन थालेका छन्” उहाँले भन्नुभयो —बालविवाह न्यूनीकरण गर्नका लागि बैतडीका– १६ गाविसमा किशोरी वृत्त गठन गरिएको छ ।

ती वृतको सक्रियताले वाल विवाह हुने दरमा न्यूनिकरण भए पनि पूर्ण रुपमा भने नियन्त्रण गर्न नसकिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

‘बालविवाह परम्परागत चलन भएकाले एकाएक नियन्त्रण गर्नु चुनौतीपूर्ण छ, त्यसमा पनि बालबालिका स्वयम्ले लहलहैमा लाग्न थालेपछि झन् अप्ठेरो भएको छ,’ अधिकृत शाहीले भन्नुभयो “छोरीहरूको सङ्ख्या बढी भएको, आर्थिक अवस्था कमजोर भएको र दलित परिवारमा बालविवाह बढी हुने गरेको पाइएको छ ”

सुदूरपश्चिममा बालविवाहको प्रचलन धेरै भए पनि त्यसमा आमाबुबा मात्र नभई स्वयम् किशोरकिशोरी समेतको राजीखुसी हुने गरेको पाइएको संयुक्त राष्ट्रङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ०८:४३ मा प्रकाशित

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ...

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार...

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र...

झेँदी पुल निर्माण सम्पन्न

झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने...