back
CTIZAN AD

इस्लाम धर्मालम्बीको महानपर्व रमजान आजदेखि सुरु, घरमै रहेर नमाज पढ्न अनुरोध

वि.सं.२०७७ वैशाख १३ शनिवार

669 

shares

१३ बैशाख, काठमाण्डौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । दिनभर पानी पनि नपिएर एकमहिनासम्म निराहार व्रत वसिने र कुरान पढ्ने गरिन्छ ।

विगतका वर्षहरुमा रमजान पर्वभरी पुरुषहरुले देशभरीका विभिन्न मस्जिदमा पुगेर तथा महिलाहरुले घरमै बसेर प्रार्थना गरिएको भएपनि पनि यसपटक भने कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई अनुरोध गरेको छ ।

हिजरी सम्वतको नवौं महिना सुरु भएर एकमहिना सम्म चल्ने रमजान पर्वपछि इद मनाइन्छ । अहिले हिजरी सम्वत् १४४१ हो । इश्लाम धर्मगुरुहरुका अनुसार यो व्रत विहान ३ः४३ देखि बेलुका साढे ६ बजेसम्म बस्ने गरिन्छ । त्यस पश्चात पहिले पानी पिएर मात्र अन्य खाना खाइन्छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी अनिवार्य भएकाले सबैले घरमै बसेर नमाज पढ्न अनुरोध गरेका छन् ।

वि.सं.२०७७ वैशाख १३ शनिवार ०९:४२ मा प्रकाशित

Himalayan Life AD
देवचुलीमा स्कार्पियोको ठक्करबाट दुई विद्यार्थी घाइते, एकको अवस्था गम्भीर

देवचुलीमा स्कार्पियोको ठक्करबाट दुई विद्यार्थी घाइते, एकको अवस्था गम्भीर

नवलपुर, देवचुली । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–१५ स्थित क्याम्पस...

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...