back

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन एकसाता थप्ने तयारी, फेरिएला त स्वरुप ?

वि.सं.२०७७ वैशाख १४ आइतवार

300 

shares
NTC AD

१४ बैशाख, काठमाण्डौं । सरकारले पछिल्लोपटक थपेको लकडाउनको समय भोली (१५ बैशाखमा) सकिँदै छ ।

लकडाउन थप गर्ने वा अन्य कुनै उपाय निकालेर यसको विकल्प खोज्ने भन्ने विषयमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सरकारलाई दिएको सुझाव अनुसार लकडाउन अझै एकसाता थपिने तयारीमा सरकार रहेको बताइएको छ ।

समितिले लकडाउन अहिले नै खोल्न नहुने सुझाव दिएपछि त्यसका स्वरुप परिवर्तन गरेर खुकुलो बनाउन सकिने बताइएको छ । साथै कृषि क्षेत्र, स्वास्थ्य उपचार खाद्यान्न क्षेत्रलाई खुकुलो बनाउनुपर्ने पनि समितिले सुझाव दिएको छ ।

त्यस्तै हालसम्म कोरोना संक्रमण देखिएका जिल्लामा थप कडाइ गरेर अन्य जिल्लाको अर्थतन्त्र चलायमान बनाउनका लागि लकडाउनलाई विशेष सर्तकतासहित नयाँ मोडलमा लैजानुपर्ने समेत विज्ञहरुको भनाई छ ।

त्यसैगरी समितिको बैठकले जेठ २ गतेसम्मका लागि आन्तरिक तथा बाह्र उडान बन्द गर्ने निर्णय गरिसकेको छ ।

फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण पृष्टि भएपछि चैत ११ बाट लकडाउन सुरु गरेको सरकारले पटक पटक लकडाउनको अवधि थप गरेको हो । नेपालमा लकडाउन गरिएको समय आज १ महिना तीन दिन पुगेको छ ।

 

वि.सं.२०७७ वैशाख १४ आइतवार ०९:२५ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...