१४ बैशाख, साउदी । कोराना भाइसर (कोभिड १९) लाई मध्येनजर गर्दै कफ्र्यु घोषणा गरेको साउदी सरकारले पछिल्लो अवस्थामा त्यसको समयमा हेरफेर गरेको छ ।
रमदान महिनलाई मध्येनजर गदै मक्का क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कफ्र्युको समयमा हेरफेर गरेको नेपाली दूतावास साउदीले जानकारी दिएको छ ।
दूतावासले दिएको जानकारी अनुसार २६ अप्रिल २०२० देखि १३ मे २०२० सम्म बिहान ९ बजेदेखि सांझ ५ बजेसम्म कर्फ्यू हटाइएको छ ।
कर्फ्यूको समय फेरबदल भए पनि सामाजिक दूरी कायम राख्न र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न समेत सरकारले अनुरोध गरेको छ ।
त्यसैगरी दूतावासले कतिपय नेपालीहरुले फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठीन् भएको भन्ने जानकारी प्राप्त भएको बताउँदै समस्यामा परेका नेपालीहरुको विवरण थप टेलिफोनबाट समेत लिने गरी मिति २०७७/०१/१५ (अप्रिल २७, २०२०) देखि २ वटा यसका लागिमात्र समर्पित (मभमष्अबतभम) टेलिफोन नम्वरहरुको व्यवस्था गर्न लागिएको समेत जानकारी दिएको छ ।
‘राजदूतावासको टेलिफोन, हटलाइनहरु यथावत सुचारु रहने छन् । कृपया आफ्ना वास्तविक समस्याहरु उक्त नम्वरहरुमा टिपाएर समस्या समाधानमा सहयोग गरिदिनुहुन अनुरोध छ,’ दूतावासले भनेको छ, ‘यसरी संकलन गरिने विवरण राजदूतावास अभिलेख र वास्तविक समस्या समाधानमा महत्वपूर्ण महत्वपूर्ण हुने भएकोले कोरोना भाइरसको संक्रमणबाट सिर्जना भएको संकटको यस घडीमा समस्याको वास्तविक सूचना दिनुहुन अनुरोध छ ।’
दूतावासले आफ्नो समस्या टिपाउन राजदूतावासका कर्मचारीहरुलाई फोन गर्दा आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, इकामा नम्वर, आफ्नो काम, काम गरेको अवधि, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम, आफ्नो समस्या र समस्या समाधानमा केही सल्लाह छ भने सो र राजदूतावासबाट राखेको अपेक्षा लगायतका विषयमा विवरण दिन पनि अनुरोध गरेको छ।
सम्पर्क फोन नम्वरहरु र समय
१. फोन नम्वर ०५०००३१७०५ समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म
२. फोन नम्वर ०५०००३४७८६, समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म
साउदीमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १७ हजार ५२२ पुगेको छ । आज एकैदिन १ हजार २२३ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
कूल संक्रमितहरु मध्ये हालसम्म २ हजार ३५७ जना निको भएका छन् भने आज मृत्यु भएका तीनजनासहित जम्मा १३९ जना संक्रमितको मृत्यु भएको छ । थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारी प्राप्त नभएको पनि दूतावासले जनाएको छ ।
‘आफ्नो आवास नछोडौं, संक्रमण नियन्त्रणमा सहयोगी बनौं । हामी सबै जिम्मेवार छौं भन्ने भावनालाई आत्मसात गरौं । अलपत्र बनी हिंड्दा संक्रमणको सम्भावना बढी हुने तर्फ ध्यान दिनुहोस् ।’ दूतावासले भनेको छ ।
वि.सं.२०७७ वैशाख १४ आइतवार २१:४३ मा प्रकाशित