कोरोनाभाईरस (COVID-19) पुष्टी हुने Polymerase Chain Reaction (PCR) test positive हुन साथ दावीको लागि योग्य हुनेछ जसमा अन्य औषधोपचार खर्चको बील भरपाई पेश गर्नु पर्ने छैन । यस अन्तरगत ७७ वटा जिल्लामा कृषि तथा लघु बीमा गर्न तोकिएको बीमा कम्पनीले अनिवार्य रुपमा उपरोक्त बीमालेख जारी गर्नु पर्नेछ । यसैगरी अन्य कम्पनीले पनि यस्तो बीमालेख जारी गर्न सक्नेछ । उक्त बीमा लेख लघु बीमाका व्यवस्था सरह २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने र बाँकि ८० प्रतिशत रकम प्रत्येक निर्जीवन बीमा कम्पनीले ४ प्रतिशतका दरले बीमा दावी भुक्तानी गर्नेछ र सोही अनुपातमा बीमा शुल्क आम्दानी जनाउने छन् ।
विश्वभरि फैलिएको कोरोनाभाइरस (कोभिड—१९) को त्राससँगै विश्व समुदायमा फैलिएको सन्नटा सँगसँगै नेपाल पनि यसको असरबाट अछुतो हुन सकेन । सरकारी तहबाट गरिएको विभिन्न प्रयाससँगै विभिन्न संघसंस्थाले पनि आ—आफ्ना क्षेत्रबाट गर्न सक्ने सेवा सुविधाप्रति गहन सोच विचार गर्दै आएको कुरा नकार्न सकिदैन । यसै अन्तरगत विभिन्न बीमा कम्पनीहरुले सम्भाव्य जोखिमबाट भविष्यमा हुन सक्ने आर्थिक क्षतीबाट सुरक्षित हुनका लागि निश्चीत रकम बीमा शुल्क बीमकलाई भुक्तानी गरी बीमा कम्पनीबाट बीमालेख जारी गर्दै सम्पूर्णमा पुर्याइरहेको सेवाको साथै अहिलेको विषम परिस्थितीमा समयसापेक्ष रुपमा कोरोना भाइरस सम्बन्धी बीमालेख तर्फ ध्यान केन्द्रितभएको हो ।
बीमाको शुरुवात सहकारिताको भावनाअनुरुप धेरै बीमितबाट थोरै रकमबीमाशुल्क संकलन गरी सम्भाव्य जोखिमबाट क्षती भएको केही घटनाबाट आर्थिक क्षती हुने बीमितलाई क्षतीपूर्ती भुक्तानी गरिने व्यवस्थाबाट भएको हो । यस अन्तरगत बीमासम्बन्धी सेवा सुविधा प्रदान गर्ने उद्देश्यले हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनीहरु कार्यरत रहेका छन् भने वर्तमान समयमा कोरोनाभाइरस (Covid 19) ले जहाँतही प्रभावित र अन्योलताको परिस्थिती सृजना गरेको पाइन्छ । बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले मिति २०७७ बैशाख ८ गते परिपत्र जारी गरी नेपालमा कार्यरत कुनै पनि बीमा कम्पनीबाट देशमा रहेको ७७ वटा जिल्लाबाट कोरोनाको संक्रमणबाट हुने आर्थिक क्षतीबाट सुरक्षीत हुन कोरोनाको संक्रमण बिरुद्ध स्वस्थ्य बीमा लेख जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
जीवन बीमा मानिसको स्वास्थ्य र सम्वेदनशीलतासँग सम्वन्ध राखेको हुन्छ । मानवीय स्वास्थ्यसम्बन्धी सचेतना सहित त्यस्ता असहजताबाट जोगिन जीवन बीमा गर्ने गरिन्छ । अहिलेको वर्तमान अवस्थामा स्वास्थ्यसँग सम्बन्धीत विपद्कालिन परिस्थितीमा कोरोना भाइरस (Covid 19) ले विश्व समुदायलाई नै त्राहीत्राही बनाएको छ जुन डिसेम्बर २०१९ मा चीनको हुबे प्रान्तको राजधानी बुहान (Wuhan)देखि शुरु भएर हालसम्म विश्वको २१० देशमा फैलिइसकेको छ । अहिले यो लेख तयार गर्दा उपलब्ध तत्याङ्क अनुसार विश्वमा २,९९४,९६० संक्रमित रहेको तथा ८,७८९५५ निको भईसकेको अवस्था छ भने २०६,९९७ जनाको कोरोना भाईरस कै संक्रमणका कारणले मृत्युवरण भइसकेको छ । हालसम्ममा नेपालमा कोरोना भाइरसको संक्रमण ५२ भएकोमा १६ जना उपचार पश्चात् निको भएर हाल ३६ जना संक्रमितको नेपालका विभिन्न अस्पतालमा उपचाररत रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।
कोरोना बिरुद्ध स्वस्थ्य बीमा दुई श्रेणी (क) र (ख) मा व्यवस्था गरेको पाईन्छ । (क) श्रेणी अन्र्तगत रु.१ लाख बीमाड्ढको बीमा शुल्क रु. १,००० प्रतिव्यक्ति हुन्छ तरपरिवारको अन्य सदस्यको समेत गर्ने भएमा प्रतिव्यक्ति रु.६०० बीमा शुल्क कायम गरिएको छ । यसरी (ख) श्रेणी अन्र्तगत रु.५० हजार बीमाड्ढको बीमा शुल्क रु. ५०० प्रतिव्यक्ति हुन्छ तर परिवारको अन्य सदस्यको समेत गर्ने भएमा प्रतिव्यक्ति रु.३०० बीमा शुल्क कायम गरिएको छ । यस बीमालेख अन्तर्गत बीमालेख जारी भएको १५ दिन सम्म प्रतिक्षा अवधी (waiting period) रहनेछ । बीमा गरेको १५ दिनभन्दा पहिला कोरोना संक्रमित भएको अवस्थामा दावी गर्न पाइने छैन किनकि कोरोना संक्रमित भएको १५ दिनसम्म कोरोनाको लक्षण देखिन्दैन भन्ने कुराको प्रमाणित विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्था तथा व्यक्तिहरुले गर्दै आएको कुरा हो ।
कोरोनाभाईरस (COVID-19) पुष्टी हुने Polymerase Chain Reaction (PCR) test positive हुन साथ दावीको लागि योग्य हुनेछ जसमा अन्य औषधोपचार खर्चको बील भरपाई पेश गर्नु पर्ने छैन । यस अन्तरगत ७७ वटा जिल्लामा कृषि तथा लघु बीमा गर्न तोकिएको बीमा कम्पनीले अनिवार्य रुपमा उपरोक्त बीमालेख जारी गर्नु पर्नेछ । यसैगरी अन्य कम्पनीले पनि यस्तो बीमालेख जारी गर्न सक्नेछ । उक्त बीमा लेख लघु बीमाका व्यवस्था सरह २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने र बाँकि ८० प्रतिशत रकम प्रत्येक निर्जीवन बीमा कम्पनीले ४ प्रतिशतका दरले बीमा दावी भुक्तानी गर्नेछ र सोही अनुपातमा बीमा शुल्क आम्दानी जनाउने छन् ।
रु. १ लाख बीमा दावी भुक्तानी गर्दा नेपाल पुन र्बीमा कम्पनीले २० हजार व्यहोर्ने छ भने प्रत्येक निर्जीवन बीमा कम्पनीले रु. चार हजार खुद कम्पनीले दावी व्यहोर्ने छ । बीमा समितिबाट जारी भए बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशन ४४ को (ख) बमोजिम बीमा गर्न नपाउने व्यवस्थाअन्तर्गत बीमकको आफ्नो संस्थापक, संचालक, परामर्शदाता, सल्लाहकार, लेखा परीक्षक, कर्मचारी वा निजको एकाघरको परिवारको सदस्यको बीमा गर्नु नपाउने प्रावधान रहेको भएतापनि यस कोरोना संक्रमण विरुद्धको बीमा गर्न उपरोक्त बन्देज लागु हुने छैन । बीमकको संचालक वा कर्मचारीहरुले आफ्नै कम्पनीमा उपरोक्त बीमा लेख जारी गर्न सक्ने व्यवस्था गरिएको छ । साथै कोरोनाको संक्रमण नभएको अवस्थामा जीवन बीमातर्फ जस्तो कुनै रकम फिर्ता हुने छैन । कोरोना बीमाको सन्दर्भमा बीमाशुल्क निर्धारण गर्दा १ प्रतिशत बीमा शुल्क दर कायम गरिएको छ भने समुहमा गरिने बीमा लेखको हकमा बीमा शुल्क दर ०.६० प्रतिशत कायम गरेको छ ।
वर्तमान परिपे्रक्षमा विश्व मानव समुदाय नै त्रशित भई ठूलो क्षति व्यहोर्नु परको यस अवस्थामा नेपालका बीमा कम्पनीहरुबाट देशमा रहेको ७७ वटा जिल्लामा कोरोनाको संक्रमणबाट हुने आर्थिक क्षतीबाट केही मात्रामा भएपनि मानिसहरुलाई सुरक्षा प्रदान गर्न कोरोनाको संक्रमण बिरुद्ध स्वस्थ्य बीमा लेखको व्यवस्था गर्ने निर्णय गरेको हो । बीमा कम्पनीहरुले प्रदान गर्ने उक्त सेवातथा सुविधामा कोरोना भाइरस (COVID-19) बाट संक्रमित व्यक्तिहरुको आवश्यकतामा केही मात्रामा राहत मिल्न सक्छ भन्ने कुराको अपेक्षा सेवा प्रदायक संस्था तथा व्यक्तिहरुबाट गरिएको छ ।
लेखक : प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडका नायबप्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
वि.सं.२०७७ वैशाख १५ सोमवार १३:३२ मा प्रकाशित