back

मंगलबारसम्म झण्डै ५५ हजारमा कोरोना परीक्षण, आइसोलेनमा १०७ र रेडजोनमा ३०९ जना

वि.सं.२०७७ वैशाख १६ मंगलवार

282 

shares
NTC AD

१६ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म (बैशाख १६ सम्म) ५४ हजार ८२६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,१९३ जनामा परीक्षण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पिसीआर प्रविधिबाट १० हजार ८०७ र आरडिटी परीक्षणबाट ४४ हजार १९ जनामा कोरोना कोरोना परीक्षण गरिएको हो ।

प्रदेश विवरण
त्यसैगरी प्रदेश १ मा ४,८२८, प्रदेश २ मा ५,२४९, बाग्मती प्रदेशमा ८ हजार १४, गण्डकी प्रदेशमा ४,९३६, प्रदेश नम्बर ५ मा ५,३२८, कर्णाली प्रदेशमा ५,१८१ र सुदूरपश्चिममा १२ हजार २८३ जनामा कोरोना परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको विवरण
हालसम्म देशभरीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेका छन् ।
जसमा प्रदेश १ मा २,२८८, प्रदेश २ मा १,५१२, बाग्मती प्रदेशमा ३६१, गण्डकी प्रदेशमा ६७६, प्रदेश नम्बर ५ मा १२,१६४ कर्णाली प्रदेशमा ३,७८९ र सुदूरपश्चिममा १,३०९ जना रहेका छन् ।

आइसोलेसन र रेडजोनमा
हालसम्म आइसोलेनमा १०७ जना रहेका छन् । जसमा उपत्यकामा ४ जना र उपत्यका बाहिर १०३ जना रहेका छन् । साथै आजसम्म रेडजोनमा ३०९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा रेडजोनमा ५ जना थपिएका हुन् ।

संक्रमतिको संख्या ५४ पुग्यो
नेपालमा हालसम्म संक्रमितको संख्या ५४ पुगेको छ । आज दुईजना थपिएसँगै ५४ पुगेको हो । आज रौतहटमा थपिएका २४ र ३५ वर्षीय पुरुष रहेका छन् । उनीहरुकेही समयअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई अस्पतालमा ल्याइदै गरेको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित ५४ जनामा हालसम्म १६ जना निको भएर घर फर्किएका छन् भने धनगढीमा १, विरगन्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना रहेका छन् । आज देखिएकाहरुलाई पनि विरगन्ज अस्पतालमा उपचार गरिने छ ।

हालसम्म साढे ५३ हजार बढीमा कोरोना परीक्षण, क्वारेन्टाइनमा २० हजार बढी र रेडजोनमा ३०४ जना

.

वि.सं.२०७७ वैशाख १६ मंगलवार १६:५० मा प्रकाशित

ADBL AD
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७२ करोडभन्दा बढीको क्षति

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७२ करोडभन्दा बढीको क्षति

काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको...

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना...

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...