back

घरमै बसेर सामान खरिद गर्दा विशेष छुट

वि.सं.२०७७ वैशाख १६ मंगलवार

354 

shares
NTC AD

 

१६ बैशाख, काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस् प्रा. लि. (NEPMEDS PVT LTD)  र काठमाडौं अरगेन्किस् (Kathmandu Organics) बाट सनराइज  बैंकको डेबिट/के्रडिट कार्ड तथा क्यु.आर कोड (QR code)  प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत वा रु ५०० सम्मको विशेष छुट पाउने व्यवस्था मिलाएको हो । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।

नेपमेडस् प्रा. लि. (NEPMEDS PVT LTD) ले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पु¥याउँदै आएको छ भने काठमाडौं अरगेन्किस् (Kathmandu Organics) ले विभिन्न अर्गानिक खाद्यान्न अनलाइनमार्फत उपलव्ध गराउँदै आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्यान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । साथै घरमा नै सुरक्षित बसी Digital Banking सुविधाको उपभोग गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १७:०५ मा प्रकाशित

ADBL AD
दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को भदौ महिनामा रु...

केराखेतीबाट वार्षिक दुई करोडभन्दा बढी आम्दानी गर्दै कृषक

केराखेतीबाट वार्षिक दुई करोडभन्दा बढी आम्दानी गर्दै कृषक

गलेश्वर (म्याग्दी) । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा...

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य ह्वातै बढेको छ । आज...

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँ पछि आन्तरिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...