back

साउदीमा कोरोनाको कहरः नेपाल फर्कने चाहाने नेपालीको संख्या बढ्दै

वि.सं.२०७७ वैशाख १८ बिहीवार

384 

shares
NTC AD

१८ बैशाख, साउदी । कोरोना भाइरस कोभिड १९ को कारण प्रभावित बनेका साउदीमा कार्यरत नेपालीमध्ये ठूलो संख्याले नेपाल फर्कन पाउ भन्दै नेपाली दूतावासमा सम्पर्क गरेका छन् ।

नेपाली दूतावासले यसबारे जानकारी दिँदै कोरोना संक्रमणका कारण रोजगारी गुमाएर वा एक्जिट, विदा वा पुनः साउदी फर्कने गरी नेपाल जाने प्रबन्ध गरिदिन अनुरोध गर्दै ठूलो संख्यामा नेपालीहरुले दूतावासमा सम्पर्क गर्ने गरेका छन् ।

साउदीमा २९ अप्रिलसम्म २१ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा संक्रमण भएको साउदी अधिकारीले जानकारी दिएका छन् ।

त्यसैगरी कूल संक्रमितहरुमध्ये हालसम्म २ हजार ९५३ जना निको भएका छन् । बुधबार मृत्युभएका ४ जनासहित जम्मा १५७ जना संक्रमितको मृत्यु भएको छ ।

दूतावासले भनेको छ,

कोरोना संक्रमणका कारण रोजगारी गुमाएर वा एक्जिट वा विदा वा पुनः साउदी फर्कने गरी नेपाल जाने प्रबन्ध गरिदिन अनुरोध गर्दै ठूलो संख्यामा नेपाली कामदारहरुले राजदूतावासमा सम्पर्क गर्दै आउनुभएको छ । पछिल्ला दिनमा यो संख्या बढ्दै गइरहेको छ । नेपाल सरकारले हाल २०७७ जेष्ठको पहिलो हप्तासम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ भने साउदी सरकारले पनि अर्को सूचना नभएसम्मका लागि उडानहरु बन्द गरेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय आगमन उडानहरुबाट हुनसक्ने संक्रमणको जोखिम न्यून गर्न सुक्ष्म अध्ययन एवं आवश्यक कार्य गरिरहेको छ । नेपाल लगायत दक्षिण एसियाका देशहरुले समेत संक्रमणको गति र जोखिम न्यूनिकरण गर्ने कार्यमा जोड दिएको पाइएको छ । नेपाल सरकारले विदेशबाट आउने कोही कसैबाट घरपरिवार र आफन्तमा कोरोना सर्न सक्ने वा आउनेहरुमा सर्न सक्ने सबै सम्भावनाहरुलाई विचार गरी विदेशमा रहेका र स्वदेश फर्कन चाहनेहरुको व्यवस्थापन गर्ने तर्फ आन्तरिक गृहकार्य गरिरहेको जानकारी प्राप्त भएको छ । वास्तविक समस्या लिई नेपाली राजदूतावासको सम्पर्कमा आउने नेपालीहरुको समस्या समाधानमा नेपाली राजदूतावास क्रियाशील रहिआएको छ । दैनिक धेरै समस्याहरु समाधान भएका छन् । सम्पर्कका अन्य माध्यमका अतिरिक्त टेलिफोन मार्फत् राजदूतावासले संकलन गरेको अभिलेख महत्वपूर्ण हुने भएकाले समस्या समाधानमा आफू समेत जिम्मेवार भई आफ्ना वास्तविक समस्या टिपाउनुहुन अनुरोध छ ।

नेपाली राजदूतावास रियाद र नेपाली महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्र अन्तर्गतका नेपाली कामदारका समस्याहरुको टिपोट, समाधानको पहल एवं अभिलेख राख्ने समन्वयको कार्यलाई व्यवस्थित गर्नुपर्ने भएकोले नेपाली महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्र (मक्का, मदिना जेद्दा, आभा खमिस, असिर, जिजान, नजरान) भित्र कार्यरत नेपालीहरुले सो महावाणिज्यदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

महावाणिज्यदूतावासको सम्पर्कः महावाणिज्यदूतावासले जारी गरेको मार्च २३, २०२०को सूचानामा निम्न सम्पर्क नम्वरको व्यवस्था गरिएको छ । सूचना संलग्न छ ।

महावाणिज्यदूतावास कर्मचारीः ०१२६२२६६६५, ०५५८७८६३२७, ०५५९६८०२५३
स्थानीय कर्मचारीः ०५५११४२३४५, ०५३०४५२४२५, ०५९०६६३६४६
आभा खमिस तथा असिर प्रतिनिधिः ०५३६८९९५७८
जिजान प्रतिनिधिः०५०७०८५२९७

नेपाली राजदूतावास रियादको कार्यक्षेत्र भित्र कार्यरत नेपालीहरुले नेपाली राजदूतावास रियाद (०११४६१११०८, ०५५९३८९६००(WhatsAppसमेत), ०५०००३१७०५, ०५०००३४७८६, email: [email protected] facebook: https://www.facebook.com/nepalembassysaudiarabia/) मा सम्पर्कमा गर्नुहुन अनुरोध छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार ०८:२९ मा प्रकाशित

ADBL AD
सुभाषितसङ्ग्रह बजारमा

सुभाषितसङ्ग्रह बजारमा

दाङ । साहित्यकार एकराज शर्मा अधिकारीको सुभाषितसङ्ग्रहको दाङ घोराहीको पत्रकार...

न्युजलाइन मिडियाद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याएका युएईका नेपालीलाई सम्मान

न्युजलाइन मिडियाद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याएका युएईका नेपालीलाई सम्मान

दुबई, युएई । न्युजलाइन्स मिडियाको आयोजना दुबईमा एनएल इन्टरनेशनल अवार्ड...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, किन असन्तुष्ट भयो फिप्ना ?

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, किन असन्तुष्ट भयो फिप्ना ?

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु...

फिप्ना अमेरिकाको सम्मान कार्यक्रम सम्पन्न

फिप्ना अमेरिकाको सम्मान कार्यक्रम सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले फिप्ना...

प्रवासी नेपाली मञ्च कोरियाको आसन्न अधिवेशनको तयारी पूरा

प्रवासी नेपाली मञ्च कोरियाको आसन्न अधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आसन्न...

विश्व शेर्पा संघ अमेरिकाले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

विश्व शेर्पा संघ अमेरिकाले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका अवसरमा विश्व...