१८ बैशाख, काठमाण्डौं । कालोबजारी आरोपमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई काठमाण्डौं जिल्ला अदालतले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गत २५ चैतमा नक्सालबाट पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाण्डौंले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अग्रवालले ५ हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई १५ हजारमा बेचेको आरोपमा टेकु प्रहरीले पक्राउ गरेको थियो । उनको मुद्दा विहिबार काठमाण्डौं जिल्ला अदालतका न्यायाधिश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाइ भएको थियो ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार १६:२४ मा प्रकाशित