१९ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमजीवी वर्गको समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष प्रचण्डले लकडानका कारण समस्यामा परेका राजधानी लगायत विभिन्न सहरमा रहेका निम्न वर्गिय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवस्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना दिँदै अध्यक्ष प्रचण्डले विश्वव्यापी कोरोनाको महामारीको सामना गर्न सिंङ्गो विश्व नै संघर्षरत रहेको बताउँदै भनेका छन् ‘यतिबेला संसारभरका श्रमजीवी मजदूरहरुको रोजगारी गुमिरहेको छ ।’
देशका विभिन्न भागहरुबाट आ–आफ्ना घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य समुदायलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनपर्ने सबैको कर्तव्य रहेको समेत अध्यक्ष प्रचण्डले बताएका छन् ।
वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०९:२७ मा प्रकाशित