२० बैशाख, काठमाडौँ । रोहित शर्मा भारतीय क्रिकेट टिमका उपकप्तान हुन । उनले भारतका लागि ३६५ अन्तराष्ट्रिय खेल खेल्दैँ १४,०३९ रन बनाएका छन । यस क्रममा उनले ४ दोहोरो सतक, ३६ सतक र ७४ अर्धसतक बनाएका छन ।
यी हुन रोहित शर्माले अन्तराष्ट्रिय क्रिकेटमा बनाएका १५ वल्ड रेकर्डहरु:
१. एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ३ दोहोरो सतक बनाउने खेलाडी रोहित शर्मा मात्र हुन ।
२. टि-२० अन्तराष्ट्रिय क्रिकेटमा ४ सतक बनाउने एक मात्र खेलाडी
३. टेस्ट क्रिकेटको १ खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी (१३ छक्क)
४. आईसीसी विश्वकपको एक सिजनका सर्वाधिक सतक प्रहार गर्ने खेलाडी (२०१९ मा ५ सतक)
५. टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी (१२७ छक्का)
६. ओपनरको रुपमा एक वर्ष भित्रमा अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी (२०१९ मा २४४२ रन)
७. एकदिवसीय क्रिकेटमा व्यक्तिगत सबै भन्दा बढि रन बनाउने खेलाडी (२६४ रन )
८. इयन मोर्गन पछि एकदिवसीय क्रिकेटको एक खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी (६ छक्का)
९. भारतीय कप्तानकारुपमा टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सतक बनाउने एक मात्र खेलाडी
१०. ८ पटक एकदिवसीय क्रिकेटमा व्यक्तिगत १५० भन्दा बढि रन बनाउने एक मात्र खेलाडी
११. हसिम आमला पछि ओपनरका रुपमा एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो ५००० रन बनाउने दोस्रो खेलाडी
१२. टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक अर्धसतक बनाउने खेलाडी (२५ अर्धसतक)
१३. भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा बढि खेल खेल्ने खेलाडी (१०८ खेल)
१४. एक वर्ष भित्रमा अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी (२०१९ मा ७८ छक्का)
१५. टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो सतक बनाउने खेलाडी (३५ बलमा )
वि.सं.२०७७ वैशाख २० शनिवार १०:०६ मा प्रकाशित