१.
विकासकै हो पालो,
पदाभासले उचालो,
निमुखामाथि पालैपालो ।
२
बर्तमान छ आलो,
सासू बुहारीको पालो,
विगत कस्को कति कालो ?
३
माकुराकै हो जालो,
पटकैको भुँइचालो,
सत्ताशक्ति छ निलो कालो ।
४
विकृति विसङ्गति,
यत्र तत्र छ सोरत्र,
विकास घातप्रतिघात !
५.
भोक काँप्दैछ तन,
धनेको अगस्ती मन,
महल काड्छ र्यालै र्याल ।
वि.सं.२०७७ वैशाख २० शनिवार १०:०६ मा प्रकाशित